दुबीको दागले तनाव

आइतबार, १९ साउन २०७६, १४ : १६ नागरिक

दुबीले व्यक्तिको ज्यानै जाने जोखिम नभए पनि सुन्दरतामा भने असर गर्छ। अनुहार तथा शरीरमा आएको दुबीको तनावले व्यक्तिलाई विछिप्तताको अवस्थामा पु-याउँछ। दुबीको बारेमा सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डाक्टर रविन्द्र शर्मासँग उपेन्द्र खड्काले गरेको कुराकानीः

दुबी कस्तो किसिमको छालाको समस्या हो?
दुबी एक किसिमको छालाको रंग परिवर्तन हुने समस्या हो। विशेष गरी सेतो (गोरो) छाला बाहेक अन्य किसिमको छालाको रंग हुने व्यक्तिलाई सताउने कस्मेटिक समस्या हो। सेतो छालामा त्यति नदेखिने भए पनि कालो तथा गहुँगोरो किसिमको छाला हुने व्यक्तिमा दुबी भएको अवस्थामा अरुले हेर्दा परैबाट देखिन्छ।

दुबी आएको अवस्थामा व्यक्तिको शरीर हेर्दा नराम्रो देखिन्छ। अनुहारमा दुबी आए अनुहारै कुरुप जस्तो देखिन्छ।

दुबीले ज्यानै जाने जोखिम हुन्छ कि हुन्न?
दुबी भएकै कारण ज्यानै जाने जोखिम हुँदैन। तर शरीर तथा अनुहारमा दुबी आएको अवस्थामा व्यक्ति मानसिक रुपमा विछिप्त हुने अवस्था हुन्छ। जसले व्यक्तिमा मानसिक तनाव बढी डिप्रेसनसम्मको  जोखिम हुन्छ।

कुन उमेर समूहमा दुबीको बढी समस्या देखिन्छ?
पाको उमेरको तुलनामा वयस्क व्यक्तिमा दुबीको समस्याले बढी सताउँछ। बालबालिका र पाको उमेरमा आउँदै नआउने भन्ने हैन। बालबालिका र पाको उमेरमा पनि दुबी आउन सक्छ।

अध्ययनअनुसार ८० प्रतिशत १५ देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा दुबीको समस्या भएको पाइन्छ।
अध्ययनअनुसार दुबी करिब एक प्रतिशत जनसंख्यामा देखिन्छ। पुरुष–महिलामा दुबीको समस्या बराबरीजसो देखिन्छ।

कस्तो अवस्थामा दुबी आउने जोखिम हुन्छ?
अन्य रोगप्रतिरोधात्मक प्रणाली सम्बन्धी समस्या (अटोइम्युन डिसअर्डर) भएको अवस्थामा दुबी आउन सक्छ। अटोइम्युन थाइरोइड, अटोइम्युन मधुमेहको समस्या, भिटामिन–१२ को कमी, एडिसन डिजिज, गाँठे बाथ, खैरो, एसएलई जस्ता समस्या भएको अवस्थामा दुबी आउन सक्छ । यी समस्यासँग दुबीको सम्बन्ध हुन सक्छ। त्यति मात्रै हैन कतिपय औषधिको प्रयोगले दुबी निकाल्न सक्छन्।

त्यसो भए के–कस्ता कारणले दुबी आउने जोखिम हुन्छ?
शरीरको छालामा कालो रंग निकाल्ने कोषिकाहरु (मेलानोसाइट्स) मरेको वा हराएको अवस्थामा दुबी आउन सक्छ। वंशाणु गुण नभए पनि पारिवारिक कोही सदस्यमा आएको छ भने दुबी आउन सक्छ। बुवा–आमा वा पूर्खामा दुबी आउने गुण भएको खण्डमा भावि सन्ततिमा दुबी आएको छ। केही वंशाणुगत रोगहरुको कारण पनि दुबी आएको देखिन्छ।

दुबीका केकस्ता लक्षण देखिन्छन्?
शरीरमा दूधजस्तै सेतो दाग आउनु दुबीको लक्षण हो। दूध जस्तै सेतो दाग छालाको कुनै एक भागमा वा लहरै आउन सक्छ। यस्ता सेता दाग शरीरको विभिन्न भागमा पनि आउन सक्छन्।

दुबीका यस्ता सेता दाग विशेषगरी अनुहार, आँखा वरिपरि, नाकको प्वाल, मुखको वरिपरि,ओठ, औँलाको टुप्पामा देखिन्छ। त्यसैगरी काखि, काछ, स्तनको टुप्पो, लिंगमा दुबीको दाग  देखिन सक्छ।

दुबीले व्यक्तिलाई शारीरिक र मानसिक रुपमा कसरी असर गर्छ ?
दुबीले तनाव त बढाउन सक्छ नै।  कालो कपाललाई सेतो बनाउन सक्छ। घाउ खटिरामा समस्या हुन सक्छ। घाउ आएको ठाउँमा आउन सक्छ। यी बाहेक अन्य समस्या पनि छन्।  

दुबी र क्यान्सरको सम्बन्ध कस्तो हुन्छ?
दुबी आएको छालामा घामको असरले गर्दा छालाको क्यान्सर हुने सम्भावना बढी हुन्छ। दुबी आएको व्यक्तिमा तुलनात्मक रुपमा आन्द्रा, महिलाको अण्डाघर (ओभरी), फोक्सोको क्यान्सर भने कम देखिएको छ भने दुबी भएका व्यक्तिमा थाइरोइडको क्यान्सर बढी देखिएको छ।

दुबी कति प्रकारका हुन्छन्?
दुबी विभिन्न प्रकारका हुन्छन्। लाइनजस्तै गरी शरीरका विभिन्न भागमा लहरै आउने दुबीलाई चिकित्सकीय भाषामा ‘सेग्मेन्टल’ (लहरे) दुबी भनिन्छ।

विभिन्न तरिकाले थोप्ला–थोप्ला तथा सम्पूर्ण शरीरै ढाक्ने किसिमले दुबी आउन सक्छ। जसलाई चिकित्सकीय भाषामा नन्–सेग्मेन्टल भनिन्छ।

अरु प्रकारका दुबी पनि आउन सक्छन्?
कतिपय अवस्थामा मिश्रित किसिमका दुबी आउँछन्। कतिपय दुबी त यही प्रकारको भनि एकिन गरेर प्रकारै छुट्याइँदैन।

त्यसो भए दुबीको उपचार सम्भव छ?
दुबीको उपचार सम्भव छ। दुबी भएको अवस्थामा आतिइहाल्नु पर्ने अवस्था भने हुँदैन। छालारोग विशेषज्ञले रोग पहिचान गरिसकेपछि विभिन्न तरिकाले यसको उपचार गर्न सकिन्छ । धैर्यता भने लिन सक्नुपर्छ।

दुबीको उपचार कसरी गरिन्छ त?
दुबीको उपचारका लागि विशेषज्ञको सल्लाहमा विभिन्न लगाउने मलम तथा भोल औषधिका साथै खाने औषधिको प्रयोग गर्न सकिन्छ। घाम वा ट्युबलाइटबाट सेकेर पनि दुबीको उपचार गरिन्छ। यसरी विभिन्न तरिकाले उपचार गर्न सकिन्छ।

दुबी हुनुभन्दा अगाडि कस्तो सावधानी अपनाउन सकिन्छ?
कसलाई दुबी हुन्छ र कसलाई हुन्न भनेर एकिन गरी भन्न नसकिने हुँदा सावधानी अपनाउन पनि कठिन छ। तर दुबी भएको खण्डमा भने थप समस्या नहोस् भनेर केही उपाय अपनाउन सकिन्छ।

त्यसो भए दुबी भैसकेको अवस्थामा थप समस्या नहोस् भनेर के–कस्ता उपाय अपनाउन सकिन्छ?
दुबीको थप समस्या नहोस् भनेर केही सावधानी अपनाउन सकिन्छ। कुनै चोटपटक लाग्नबाट बच्नु पर्छ। कुनै किसिमका घाउ खटिरा आएको खण्डमा तुरुन्त उपचार गर्नु पर्छ। रबर तथा प्लाष्टिकका वस्तुलाई छालाको सम्पर्कबाट टाढा राख्नु पर्छ।

टाइट जुत्ता, चप्पल, पेटी लगाउनु हुन्न। दुबी भएको अवस्थामा रक्सी, चुरोट सेवन गर्नु हुन्न। तनावले दुबी झन् बढाउन सक्छ त्यसकारण तनाव लिनु हुन्न। त्यसैले दुबी भएको खण्डमा तनाव लिनु हुन्न उपचारतिर लाग्नु पर्छ। समय लाग्न सक्छ। ठिक हुन्छ।

खानपानमा पनि केही सावधानी अपनाउनु पर्छ कि?
दुबी भएको अवस्थामा अमिलो पदार्थ धेरै खानु हुन्न। थोरै खाँदा भने फाइदा गर्छ। रक्सी चुरोटले झन समस्या बढाउने भएकाले यस्ता नशालु पदार्थ सेवन गर्नु हुन्न।







यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

स्मार्टफोनमा किबोर्ड र माउस कसरी प्रयोग गर्ने ?

बाहिरी किबोर्ड र माउसहरू जोडेर तपाईंले आफ्नो एन्ड्रोइड स्मार्टफोन र ट्याब्लेटलाई कम्प्युटर जसरी नै प्रयोग गर्न सक्नुहुनेछ । ...

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

मलेसिया शैक्षिक मेला बिहीबारदेखि

स्टडी प्लसले मलेसियन दूतावासको सहयोगमा भदौ ५ र ६ गते जमलस्थित एलो प्यागोडा होटलमा मलेसिया शैक्षिक मेलाको आयोजना गर्दै छ...

पुँजीबजारमा झिनो सुधार
क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा झिनो सुधार क्रेता–विक्रेताबीच मूल्यमा रस्साकस्सी

पुँजीबजारमा बुधबार झिनो बिन्दुको सुधार देखिएको छ । यस दिन नेप्से ०.४२ बिन्दुले बढेर १२१४.०५ बिन्दुमा पुगेको छ । ...

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच सम्झौता

सन्राइज बैंक र सिद्घार्थ क्यापिटलबीच डिबेन्चर निष्कासन सम्बन्धी सम्झौता भएको छ । ...

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा कार्यक्रम

कुमारी बैंकले नेपाल पर्यटन वर्ष २०२० लाई सफल पार्न निजी क्षेत्रको पूर्वतयारीको रूपमा ललितपुरमा रहेका नयाँ पर्यटकीय गन्तव्यको पहिचान एवं...

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक र एन प्याब्सनबीच साझेदारी

एभरेस्ट बैंक (इबिएल)ले नेसनल प्राइभेट एन्ड बोर्डिङ स्कुल एसोसिएसन नेपाल (एन प्याब्सन)सँग सम्बन्ध विस्तार गर्दै इबिएलका सेवा नेसनल प्याब्सनका सदस्य...

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभुको एक्सटेन्सन काउन्टर विस्तार

प्रभु बैंकले झापाको दमक नगरपालिकास्थित मालपोत कार्यालय र इलाम मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सको रंगोत्सव योजना

पशुपति पेन्ट्सले ‘महापर्वको रंगोत्सव’ योजना पुनः ल्याएको छ । ...

Ncell Footer Ad