coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सरकारविरुद्ध निजी क्षेत्रः चार गुणा बढी कर बढाएको भन्दै चर्को विरोध

काठमाडौं– उद्योगी/व्यवसायीहरुले कर वृद्धि गरिएको भन्दै सरकारको चर्को आलोचना गरेका छन्। नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधान, नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले चालू आर्थिक वर्षबाट सरकारले कर एकै पटक चार गुणा बढी हुने गरी वृद्धि गरेको उल्लेख गर्दै सरकारको आलोचना गरेका हुन्।

आइतबारबाट ललितपुरमा सुरु भएको व्यवस्थापन गोष्ठीमा बोल्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले स्थानीय तहमा समेत गरी दोहोरो करमा मारमा पार्ने काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण पनि गराए। उनले करको दायरा बढाउने अभियानमा भने सरकारलाई साथ दिने प्रतिवद्धता पनि व्यक्त गरे।

नेपाल उद्योग परिसंघका अध्यक्ष सतिसकुमार मोरले कर मैत्री वातावरण बनाउन सरकारसँग माग गरे। उनले व्यवसायीहरुलाई हतोत्साही हुने गरी करको व्यवस्था सरकारले गर्न नहुने पनि स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानले सरकारले चालू आर्थिक वर्षबाट कर वृद्धि गरेर व्यवसायीहरुलाई मारमा पारेको भन्दै तत्काल हटाउन माग गरे। उनले व्यवसायका लागि चर्को व्याजदरका कारण मुलुकको उद्योगधन्दा फष्टाउने अवस्था नरहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए। उपाध्यक्ष प्रधानले करको दायरा बढाउने कार्यमा भने महासंघले सरकारलाई सक्दो सहयोग गर्ने पनि बताए।

प्रकाशित: १९ श्रावण २०७६ ०७:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App