coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
समाज

मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी

काठमाडाैँ - मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको छ। प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७४/७५ को तुलनामा आव २०७५/७६ मा मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो।

आव २०७४/७५ मा मानव बेचविखन तथा ओसारपसारमा ३०८ मुद्दा दर्ता भए पनि  २०७५/७६ मा भने २२८ मुद्दा दर्ता भएका छन्। आव २०७३/७४ मा २२७ मुद्दा दर्ता भएका थिए।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेल प्रहरीको सक्रियतासँगै मानव बेचविखन तथा ओसारपसारका घटनामा कमी आएको बताए। “नेपाल प्रहरीको बढ्दो सक्रियता र जनचेतनामूलक कार्यक्रम सञ्चालनसँगै मानव बेचविखन तथा ओसारपसारका मुद्दामा कमी आएको हो”, उन भने।

नेपाल प्रहरीले मानव बेचविखन तथा ओसारपसारलाई नियन्त्रण गर्न मानव बेचविखन नियन्त्रण ब्यूरोको स्थापना गरेको छ। महिला तथा बालबालिका बेचविखन बढेसँगै सरकारले आव २०७५/७६ को बजेटमा मानव बेचविखन नियन्त्रण ब्यूरो स्थापनाका लागि रकम विनियोजन गरेपछि ब्यूरो स्थापना भएर काम गर्दै आएको उनको भनाइ छ।

प्रकाशित: १९ श्रावण २०७६ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App