coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

कलाकारहरुको फ्रेन्डसिप डे

काठमान्डौ– अंग्रेजी महिना अगस्टको पहिलो आइतबार  फ्रेन्डसिप डे अर्थात विश्व मित्रता दिवस मनाउने गरिन्छ। हरेक वर्ष झै यो वर्षको फ्रेन्डसिप डे विशेषगरी सामाजिक सञ्जालमा चर्चामा छ।

समयसँगै साथीहरू पनि परिवर्तन भैरहन्छन्, सबैसँग सँगै हिड्न नसकिने बताउँछिन् गायिका आस्था राउत। आस्थाको बेस्टफ्रेन्ड उनकी आमा रहेको उनले बताइन्। सानै उमेर देखि आमालाई सबै कुराहरु शेयर गरेर हुर्केकी उनी, बेस्टफ्रेन्ड भनेकै आमा रहेको बताउँछिन्। आमा बाहेक आस्थाको सीमित साथीहरु छन्, ‘राम्रो काम गरे हौसला, प्रोत्साहन गर्ने अनी गतल काम हुँदै छ भने खवरदारी अपनाएर सतर्क गराउने नै असर साथी हुनु हो’ उनले भनिन्। उनका २/४ जना निकै मिल्ने केटा साथीहरु छन्, सुखमा जो पनि साथी हुन्छन् तर असली साथी भनेको दुखको बेलामा चिन्न सकिने उनी अनुभब सुनाउँछिन्। सामान्य साथीहरुलाई शुभकामना र उपहार त अघिपछि नि दिइन्छ,  तर आज भने भेटघाट गरी केहि समय सँगै बिताउने योजनमा रहेको उनले बताइन।

नायिका दिया मास्केका २ जना निकै मिल्ने साथीहरु छन्, बिदेशमा एकजना मिल्ने साथी छन् भने अर्का नेपालमा। कामको व्यस्तताले गर्दा सधै भेट नहुने भएकाले फ्रेन्डसिप डेको दिन भेटेर रमाइलो गर्ने योजनामा रहको उनले बताइन्। ‘दुख, सुख साट्न, उपहार आदान प्रदान गर्न फ्रेन्डसिप डे नै आउनु पर्छ भन्ने छैन्, हामी सधै एकअर्काको केयर गर्छौ, माया गर्छौ’ उनले भनिन्।

सानो बेलामा फ्रेन्डसिप मनाउन साथीहरुलाई ब्यान्ड लगाइदिएर मनाएको सम्झिन्छन् गायक प्रकास सपुत। जीवनमा असल मित्रताले ठूलो महत्व राख्ने उनी बताउँछन्। हरेक सम्बन्धमा निस्वार्थ भावले मित्रताको विश्वासिलो सम्बन्ध बनाउँन सकिने उनी बताउँछन्। ‘मेरो लागि मेरी सानी छोरी देखि आमा, बाबा, श्रिमती, दाजुभाई सबै साथी जस्तै हुन्, उनी भन्छन्, ‘मित्रताको लागि यहि नै हुनुपर्छ भन्ने छैन् सफा आत्माले हामी कसैलाई पनि साथी बनाउन सक्छौ।’ बिना लोभ–लालच गाँसिने भावनात्मक सम्बन्ध नै मित्रता बताउने उनी फ्रेन्डसिप डे साथीहरुसँग भेटघाट गरेर रमाउने योजनामा रहेको बताए।

नाइका पुजा शर्मा भने यसपालीको फ्रेन्डसिप डेमा खासै प्लान नरहेको बताइन्। ‘खासमा साथीबिना त जीवन के रमाइलो हुनु र? मेरो बेस्टफ्रेन्ड बाहिर भएकाले खास प्लान छैन’ उनले भनिन्। अनलाइनमा गफ गरेर फ्रेन्डसिप डे विस गरेर मनाउने योजनामा रहेको उनी बताउँछिन्।

गायिका जिना रसाइली भने फ्रेन्डसिप डेको अवसरमा साथीहरुसँग घुम्न जाने योजनामा रहेको बताइन्। प्रत्येक पाइलामा साथीको साथ मात्र नभए, सही गलत, सुखदुख हरेक पलमा साथीको साथ निकै महत्वपूर्ण हुने उनी बताउँछिन्। ‘सानोमा विद्यालय पढ्दा बिशेष तरिकाले मनाउने गरिन्थ्यो, अहिले सबै व्यस्त हुने भएकाले सोसल मिडिया मार्फत वा अरुले भनेपछि थाह हुन्छ।’ उनले भनिन्। फ्रेन्डसिप डेले सम्बन्धहरु रिफ्रेस गर्ने उनी बताउँछिन्। फ्रेन्डसिप डेको मौका पारेर साथीहरुलाई के कसो छ भनी जानकारी लिने अवसर रहेको उनी बताउँछिन्।

प्रकाशित: १९ श्रावण २०७६ ०७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App