८ वैशाख २०८१ शनिबार
राजनीति

मोर्चाले समयसीमा माग्ने

काठमााडौं–मधेसी मोर्चाले समयसीमा तोकेर संविधान संशोधनका लागि संसद्मा प्रस्ताव दर्ता गर्न सरकारलाई आग्रह गर्ने भएको छ । मधेसी मोर्चासहितको संघीय गठबन्धनको बैठक बिहीबार काठमाडौंमा बस्दै छ । सो बैठकमा संविधान संशोधनका लागि सरकारलाई समयसीमा तोक्ने विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।
‘अब समयसीमा नै तोकेर संविधान संशोधनका लागि सरकारलाई ज्ञापनपत्र बुझाउँछौ । बिहीबार बस्ने बैठकमा यस विषयमा छलफल हुन्छ,’ संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकसँग भने ।

यसअघि मोर्चाका नेताले संविधान संशोधन प्रक्रिया सुरु गर्न छठसम्म पर्खने बताउँदै आएका थिए । ‘हामीले छठसम्म पर्खन्छौं भनेका थियौं । अब हामीले बैठक गरी यस विषयमा गम्भीर निर्णय गर्छौं,’ राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव मनीष सुमनले भने ।

छठ मनाउन जिल्ला गएका मधेसावादी दलका नेता काठमाडौं फर्कन थालेका छन् । बुधबार साँझसम्म सबै मधेसी दलका शीर्ष नेता काठमाडौं आउने छन् । यसैबीच, प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले संविधान संशोधनका लागि  सरकारले सोमबारदेखि आन्तरिक रुपमा मस्यौदा तयार गर्न सुरु गरेको बताएका छन् ।

बुधबारदेखि प्रधानमन्त्रीले यस विषयमा सरोकारवाला सबै पक्षसँग औपचारिक, अनौचपाचिरक रुपमा छलफल गर्ने तयारी भएको पनि उनले बताए । स्रोतका अनुसार, सरकारले राष्ट्रिय सभाको बनोट, सिमांकन, नागरिकता, भाषाको विषयमा संविधान संशोधन गर्ने तयारी गर्दै संसद्मा प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । यसका लागि प्रधानमन्त्री तथा  सरकारका प्रतिनिधिले असन्तुष्ट मधेसी दलका नेतासँग छलफल गरिरहेका छन् ।

 

प्रकाशित: २४ कार्तिक २०७३ ०२:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App