७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

बढ्दो तनावबीच हङकङमा र्‍याली

शनिबार हङकङमा आयोजित लोकतन्त्रवादी प्रदर्शनकारीको प्रदर्शनमा सहभागी। तस्बिर ः एजेन्सी

हङकङ – आठ सातादेखि तनावग्रस्त हङकङमा नवौं साताको प्रदर्शनको तयारीका लागि शनिबार ¥याली आयोजना गरिएको छ। हङकङ प्रशासनसँग आमनेसामने भइरहेका लोकतन्त्र पक्षधर हङकङका प्रदर्शनकारीले नवौं साताको प्रदर्शनका लागि भेला भएर ¥याली आयोजना गरेको बिबिसीले उल्लेख गरेको छ। प्रदर्शन सुरु गर्नुभन्दा अघि लोकतन्त्र पक्षधर प्रदर्शनकारीले मङ कक जिल्लामा ¥याली निकालेको बताइएको छ। ¥यालीमा सहभागीमध्ये केहीले प्रहरीसँग हुनसक्ने सम्भावित झडपलाई ख्याल गर्दै सुरक्षात्मक कपडा पनि लगाएका छन्।

शनिबारको र्‍यालीमा सहभागीलाई स्वयंसेवकहरुले मास्क, कडा टोपी, पानीका बोत्तल र प्रि–पेड सववे टिकेट बाँडेका थिए। ¥यालीका रूटमा पर्ने विभिन्न व्यापारिक क्षेत्र पनि शनिबार भन्द गरिए।

हङकङका लोकतन्त्रवादी पक्षधरले आइतबारका लागि बृहद् प्रदर्शनको तयारी गरेका छन् भने सोमबार सहरभर आम हड्तालको आह्वान गरेका छन्।
मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे हङकङ सरकारले ल्याएको प्रस्तावित विधेयकलाई लिएर सुरु भएको विरोध प्रदर्शन तत्काल साम्य हुने संकेत देखिएको छैन। सरकार र विपक्षी दुवै पक्षले थप कडा नीति लिएपछि हङकङ समस्या झनै बढ्ने देखिएको बिबिसीले उल्लेख गरेको छ। यद्यपि सरकारले हाल आएर प्रस्तावित सो विधेयक स्थगन गरेको भए पनि प्रदर्शनकारीहरुले भने विधेयक पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई निरन्तरता दिँदा विगत दुई महिनाभन्दा बढी समयदेखि हङकङ तनावग्रस्त रहेको छ।

प्रस्तावित सुपुर्दगीसम्बन्धी विधेयकको विरोधका लागि सुरु भएको प्रदर्शन, विधेयक खारेजीको माग गर्दै हाल थप लोकतन्त्र र हङकङकी नेत्री क्यारी लामको राजीनामाको मागसम्म पुगेको छ। कुनैबेला बेलायतको उपनिवेशका रूपमा रहेको हङकङ हाल ‘एक राष्ट्र, दुई प्रणाली’ अन्तर्गत चीनको एक महŒवपूर्ण अंगका रूपमा रहेको छ। यही व्यवस्थाका कारण हङकङमा मुख्यभूमि चीनमा भन्दा बढी स्वतन्त्रता, छुट्टै कानुनी व्यवस्था र आफ्नै न्याय प्रणाली रहेको छ। विदेश र रक्षा नीतिबाहेकमा चीन सरकारले हङकङलाई स्वायत्तता प्रदान गरेको छ।

मुख्यभूमि चीनतर्फ सुपुर्दगी गर्नेबारे सरकारले विधेयक ल्याउने तयारी गरेपछि हङकङमा प्रदर्शन सुरु भएको थियो। विधेयकले हङकङको न्यायिक स्वतन्त्रतालाई निस्तेज गर्ने र चिनियाँ सरकारको विरोध गर्नेविरुद्ध विधेयक लक्षित हुनसक्ने भन्दै आलोचकहरुले विरोध गर्दै आएका छन्। कैयौं साताको विरोध प्रदर्शनपछि हङकङ सरकारले तत्कालका लागि सो विधेयक स्थगित गरिएको घोषणा गरेको थियो। यद्यपि प्रदर्शनकारीले भने विधेयक स्थगन नभई पूर्ण रूपमा खारेज हुनुपर्ने भन्दै प्रदर्शनलाई जारी राखेका छन्। प्रदर्शन जारी रहेपछि हङकङकी प्रमुख कार्यकारी क्यारी लामले माफीसमेत मागेकी थिइन्। तर पछिल्लो समयको प्रदर्शन हङकङमा बृहद् प्रजातान्त्रिक सुधार र स्वतन्त्रता कम हुँदै गएको प्रति लक्षित हुन थालेको छ।

हङकङमा बढ्दो अशान्तिलाई लिएर बेइजिङ तथा चिनियाँ जनमुक्ति सेनाले चेतावनीसमेत जारी गरिसकेका छन्। चीनले गत सातामात्रै एक मिडियोमार्फत हङकङका प्रदर्शनकारीलाई चेतावनी दिएको थियो। हङकङमा रहेको चिनियाँ सेनाले जारी गरेको तीन मिनेट लामो भिडियोमा फौजले ‘दंगा–विरोधी’ अभ्यास गरिरहेको देखाइएको थियो। भिडियोमार्फत चिनियाँ सेनाले हङकङका लोकतन्त्र पक्षधर प्रदर्शनकारीलाई मनोवैज्ञानिक रूपमा चेतावनी दिएको हुनसक्ने अनुमान गरिएका छन्।

पछिल्लो अवस्था के छ ?
लोकतन्त्रवादी हङकङका प्रदर्शनकारी शनिबार सहरको मङ कक जिल्लामा भेला भए। मङ कक सोही ठाउँ हो जहाँ सन् २०१४ मा आयोजना भएको लोकतन्त्रवादी प्रदर्शन्मा हिंसात्मक झडप भएको थियो।

प्रहरीले सुरुमा सो क्षेत्रमा भेला हुन अनुमति नदिएको भए पनि पुनरावेदनपछि प्रहरी पछि हटेको थियो। प्रहरीले हस्तक्षेप नगरेपछि प्रदर्शनकारीहरुले निर्धारण गरेको अन्तिम बिन्दुसम्मे पुगेर आफ्नो ¥याली समापन गरे। ¥यालीमा सहभागीले विभिन्न नारा पनि लगाए। उनीहरुले सोमबारका लागि आह्वान गरेको आम हड्ताल सफल बनाउन माग गर्दै नारा लगाएको बिबिसीले उल्लेख गरेको छ। केही युनियन र संघसंस्थाले सोमबारको आम हड्तालमा सहभागी हुनका लागि यसअघि नै स्वीकार गरिसकेका छन्।

शनिबारको ¥यालीमा सहभागीलाई स्वयंसेवकहरुले मास्क, कडा टोपी, पानीका बोत्तल र प्रि–पेड सववे टिकेट बाँडेका थिए। ¥यालीका रूटमा पर्ने विभिन्न व्यापारिक क्षेत्र पनि शनिबार भन्द गरिए।शनिबारको प्रदर्शन राजनीतिक रूपमा तटस्थ मानिने हजारौं सरकारी कर्मचारीले प्रदर्शनको समर्थन गर्दै शुक्रबार गरेको प्रदर्शनपछि भएको हो।

प्रकाशित: १९ श्रावण २०७६ ०३:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App