coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

पक्राउ पर्ने डरले भ्रमण स्थगित गरेको होइन : दाहाल

अष्ट्रेलियाली राजदूतसँग छलफल गर्दै दाहाल। तस्बिर: दाहालकाे निजी सचिवालय

काठमाडौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक परिस्थिति तथा पार्टी कामको चापले अष्ट्रेलिया भ्रमण स्थगित भएको बताएका छन्। मंगलबार अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटसँगको भेटवार्तामा अध्यक्ष दाहालले सो कुरा बताएका हुन्।

दाहाल निवास लाजिम्पाट पुगेका अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले अष्ट्रेलिया भ्रमण स्थगितका विषयमा चासो राखेपछि दाहालले अन्य कारणले भन्दापनि मुलुकको राजनीतिक अवस्था र पार्टी कामको चापले भ्रमण स्थगित भएको जानकारी गराएको दाहालको सचिवालयले जनाएको छ।
भेटका क्रममा राजदूतले आफू नियमित रुपमा अष्ट्रेलियन सरकार, प्रहरी र महान्यायाधीवक्ताको सम्पर्कमा रहेको र दाहाललाई अष्ट्रेलियामा कुनै समस्या नरहेको जनाएका थिए।

दाहालले केही दिन अघि अष्ट्रेलिया भ्रमण अन्तिम समयमा आएर स्थगित गरेका थिए।

दाहालविरुद्ध अष्ट्रेलियामा उजुरी परेको र पक्राउ परिने डरले दाहालले भ्रमण स्थगित भएको समाचार सार्वजनिक भएको थियो। भेटमा दाहालले संचारमाध्यममा आएको जस्तो स्थिति नरहेकोबारे आफू अवगत रहेको राजदूतलाई जानकारी गराएको दाहालको सचिवालयले जनाएको छ। सो अवसरमा दाहालले अष्ट्रेलियमा आम निर्वाचन हुन गइरहेकाल भ्रमणको समय उपयुक्त नभएकोले भ्रमण स्थगित गर्नु परेको भन्दै उचित समयमा भ्रमण गर्ने जनाएका थिए।

दाहाल र राजदूतबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो। दाहालले संविधान कार्यान्वयन, शान्ति प्रक्रियाका बाँकी काम र मधेसी तथा थारु, जनजातिलगायतका मागमा  सम्बोधन, पुननिर्माणको अभियानलाई तीव्रता दिन दलहरुबीच सहमतिको प्रयास भइरहेको जनाएका थिए।

प्रकाशित: १४ असार २०७३ ०८:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App