८ वैशाख २०८१ शनिबार
अन्तर्वार्ता

'म उपस्थित मञ्चमा कुनै तिब्बती थिएनन्'

भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गाेवामा तिब्बतका निर्वासित सरकार प्रमुखसँगै  वक्ता भएकाे विषय विवादित बनिरहेकाे बेला उनले अाफू र अाफ्नाे पार्टी नेपाली कांग्रेस एक चीन नीतिप्रति प्रतिबद्धृ रहेकाे बताएका छन्। दिल्लीमा रहेका सभापति देउवासँग नागरिकन्युजका लागि कृष्ण ढुंगानाले गरेकाे छाेटाे इमेल वार्ता:

तपाईं तिब्बतका निर्वासित सरकार प्रमुखसँगै वक्ता बन्नुभएको विषयप्रति चीनले आपत्ति जनायो। गोवामा खास के भएको हो ?

इन्डिया फाउन्डेसनले गोवामा आयोजना गरेको सेमिनारको उद्घाटनसत्रमा म प्रमुख अतिथि थिएँ । मसँगै भारतीय जनता पार्टीका अध्यक्ष अमित साह, भारतका रेलमन्त्री सुरेश प्रभु र स्वामी तेजोमायानन्द थिए । त्यसपछिको सत्रमा कस–कसले बोले, मलाई थाहा भएन । म तीन–तीनपटक प्रधानमन्त्री भइसकेको व्यक्ति, चीनको सुरक्षा संवेदनशीलता मैले राम्रोसँग बुझेको छु।

तिब्बत चीनको अभिन्न अंग हो । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौं । यो मेरो र पार्टीको पनि आधिकारिक धारणा हो । म उपस्थित भएको उद्घाटनसत्रमा मञ्चमा कुनै पनि तिब्बती थिएनन् । फेरि दलाई लामा भारतमा बस्छन् भनेर हामी भारत नआउने भन्ने कुरा पनि हुँदैन ।

तिब्बत चीनको अभिन्न अंग हो । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौं । यो मेरो र पार्टीको पनि आधिकारिक धारणा हो । म उपस्थित भएको उद्घाटनसत्रमा मञ्चमा कुनै पनि तिब्बती थिएनन् । फेरि दलाई लामा भारतमा बस्छन् भनेर हामी भारत नआउने भन्ने कुरा पनि हुँदैन ।

संविधान संशोधनमा दबाब दिँदै आएको भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग तपाईंले भेट गर्नुभयो । उहाँको पछिल्लो विचार के रहेछ ?

हामीबीच दुईपक्षीय हितका विषयमा कुराकानी भयो । उहाँसँग भूकम्पपछिको पुनर्निर्माण र राजनीतिक विषयमा छलफल भयो । संविधान संशोधनको विषयमा हामी काम गरिरहेका छौं । असन्तुष्ट जनताको आवाज समेट्ने गरी हामी आफैँ यसलाई समाधान गर्छौं भन्ने मैले जवाफ दिएँ । नेपाल राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको दिशामा अघि बढोस् भन्ने उहाँको सदिच्छा रह्यो ।
संविधान संशोधनमा अंगीकृत नागरिकताको बहस चलिरहेको छ, यसमा कांग्रेस अडान के हो ?

संविधान कार्यान्वयन गर्दा सबै नेपाली जनतालाई साथमा लिएर अघि बढ्नुपर्छ भन्ने मेरो बुझाइ हो । अंगीकृत नागरिकताबारे प्रधानमन्त्रीले नै खण्डन गरिसक्नुभएको छ । यसमा तपाईं स्पष्ट हुनुहोस्, अंगीकृत नागरिक १० वर्षपछि राज्यका मुख्य पदमा पुग्ने कुरा कांग्रेसलाई कदापि स्वीकार्य हुनेछैन । नागरिकताको हकमा समस्या सुल्झाउन अन्तरिम संविधानको व्यवस्थामाथि छलफल भइरहेको छ । केही दिनमा परिणाम आउला।

प्रकाशित: २४ कार्तिक २०७३ ०१:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App