८ वैशाख २०८१ शनिबार
अर्थ

बडवाइजर तथा फोस्टर्स बियरको उत्पादन अब नेपालमै

काठमाडौं – राज ब्रुअरी प्रालि र विश्वप्रसिद्ध बियर निर्माता एन्ह्युजर–बस्क इनबेभबीच विश्वका केही ख्यातिप्राप्त बियर ब्रान्डको उत्पादन र बिक्री सम्बन्ध खास साझेदार सहकार्यको सम्झौता भएको छ।

राज ब्रुअरी विश्वमै प्रसिद्ध ब्रु मास्टर एबी इनबेभ ग्लोबल र बार्सटेनर इन्टरनेसनलद्वारा मान्यता दिइएको नेपालको एक अत्याधुनिक प्रविधियुक्त ब्रुअरी भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले सन् २०१८ देखि नै जर्मनीको प्रसिद्ध ब्रान्ड बार्सटेनर प्रिमियम जर्मन बियरको बोटलिङ र उत्पादन गर्दै आएको तथा चाँडै नै एबी इनबेभका स्थानीय रुपमै उत्पादन गरिएका केही ख्यातिप्राप्त ब्रान्ड बडवाइजर, बडवाइजर म्याग्नम, फोस्टर्स गोल्ड र फोस्टर्स लागरका साथै आयात गरिएका एबी इनबेभका विश्वव्यापी उत्पादनहरु कोरोना एक्स्ट्रा, लेफे, होएगार्डेन र स्टेला अर्टोइजको स्वाद लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। राज ब्रुअरी जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजको एक सदस्य प्रतिष्ठान हो।

एबी इनबेभको प्रधान कार्यालय ल्युभान, बेल्जियममा छ। विश्वका ५० भन्दा बढी देशहरु र पाँच सयभन्दा ज्यादा विविध प्रकारका ब्रान्डहरुका साथ यसको उपस्थिति रहेको छ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक राजबहादुर शाह आफ्ना उपभोक्तालाई विश्व मै उत्कृष्ट मानिएका बियरको अतुलनीय छनोट प्रदान गर्दै सर्वोत्कृष्ट श्रेणीका ब्रान्डहरुको सूची कायम गर्न कटिबद्ध रहेको बताउँछन्। ‘एबी इनबेभसँगको यो सहकार्य हाम्रो लागि अत्यन्त गर्वको विषय हो र यसले हामीलाई बजारमा हाम्रो व्यापारिक पदचिह्नलाई अझ सशक्त बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने ठानेका छौं,’ विज्ञप्तिमा शाहलाई उद्धृत गरिएको छ।

प्रकाशित: १९ श्रावण २०७६ ०२:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App