८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अचम्मकाे चुनाव

न्युयाेर्क-राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी रोधम क्लिन्टनले न्युयोर्कमा आफ्नो मत खसालिन् । मतदानपछि उनले आफ्ना लागि मतदान गर्नु नौलो अनुभव भएको बताइन् ।
बिबिसीले जनाए अनुसार राष्ट्रपति निर्वाचनमा महत्वपूर्ण भूमिका खेल्ने भर्जिनिया राज्यका मतदान केन्द्रमा मतदाताको निकै लामो पंक्ति छ । त्यहाँ अत्यधिक मतदान हुने सम्भावना रहेको छ ।

अमेरिकाका ५० वटै राज्य र वासिङटन डिसीका मतदाताले बेग्लाबेग्लै ६ टाइम जोनमा मतदान गर्नेछन् । भर्जिनिया र जर्जियाजस्ता निर्णायक राज्यको निर्वाचन परिणाम  पश्चिमी राज्यमा मतदान सकिनुभन्दा ४ घन्टा अघि नै आउने सम्भावना छ ।

राष्ट्रपतिका लागि हुने मतदानसँगै मंगलबार हाउस अफ रिप्रजेन्टेटिभ्सका ४ सय ३५ सिट र सिनेटका एक तिहाइ सिटका लागि पनि मतदान हुँदैछ । यसका साथै १२ वटा राज्यका मतदाताले आफ्नो राज्यको गभर्नरका लागि समेत मंगलबार मतदान गर्दैछन् ।

न्युह्याम्पसायरका केही गाउँमा मतदान समाप्त भइसकेको बिबिसीले जनाएको छ । डेमोक्रेटिक उम्मेदवार हिलारी र रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प दुवैले राष्ट्रपति निर्वाचनमा निर्णायक मानिने उत्तरी क्यारोलिना, पेन्सिलभानिया र मिचीगन राज्यमा धुवाँधार चुनावी प्रचारप्रसार गरेका थिए । दुवै उम्मेदवारले मतदानको अघिल्लो दिन मध्यरातसम्म प्रचारप्रसार गरेका थिए ।

मतदान पूर्व गरिएका मत सर्वेक्षणमा डेमोक्रेट उम्मेदवार हिलारी रिपब्लिकन उम्मेदवार ट्रम्पभन्दा चार प्रतिशत बढी मत पाउने देखाएका छन् ।
मंगलबारको मतदान अघि नै करिब साढे ४ करोड अमेरिकालीले हुलाकमार्फत् वा मतदान केन्द्रमा गएर नै मतदान गरिसकेका छन् । अमेरिकामा निर्वाचनको दिनभन्दा अघि नै पनि मतदान गर्न पाइने व्यवस्था छ ।
हिस्प्यानिक (स्पेनीभाषी) आप्रवासी मतदाताको संख्या निकै ठूलो छ र यसले हिलारीलाई मतदान गर्ने अपेक्षा गरिएको छ । डेमोक्रेटिक पार्टीको चुनाव चिन्ह गधा हो भने रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ति

 

प्रकाशित: २४ कार्तिक २०७३ ०१:३१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App