८ वैशाख २०८१ शनिबार
समाज

मदिराको झाेकमा खुकुरी प्रहार

गुल्मी - मदिराको झाेकमा गुल्मीको मदाने गाउँपालिका १ मा खुकुरि प्रहार भएको छ । मदाने १ का वावुराम चन्दले मदिराकाे झाेकमा अाफ्नै साथी वसन्त वाेहरामाथि खुकुरी प्रहार गरेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक मीन घलेले जानकारी दिएका छन् ।

मदिरा सेवन गरेका उनीहरुविच शनिवार राति १० वजेतिर सामान्य विवाद हुदाँ चन्दले खुकुरी प्रहार गरेकाे वुझिएकाे र अन्य घटनाका विषयमा अनुसन्धान शुरु गरिएको घलेले बताए । खुकुरी प्रहारवाट वसन्तकाे टाउकाे पछाडि गहिराे चाेट लागेकाे छ ।

उनलाई जिल्ला अस्पतालमा सामान्य उपचारपछि पाल्पा पठाइएकाे छ । उनकाे अवस्था गम्भीर रहेकाे बताइएकाे छ । खुकुरी प्रहार गर्ने वावुरामलाई ईलाका प्रहरी कार्यालय पुर्काेटदहकाे प्रहरी टाेलीले राति नै पक्राउ गरि जिल्ला प्रहरी कार्यालय पठाएको छ । थप अनुसन्धान भैरहेकाे प्रहरी जनाएको छ ।

प्रकाशित: १९ श्रावण २०७६ ०१:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App