८ वैशाख २०८१ शनिबार
राजनीति

व्यवस्था परिर्वतनको माग गर्दै थापाले भने, ‘बाटो नै गलत छ, ड्राइभर परिर्वतन गरेर हुन्छ?’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको समस्या समाधान गर्नका लागि नेतृत्व नभई व्यवस्था नै परिर्वतन गर्नुपर्ने बताएका छन्। 

पार्टीको विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलालाई शनिबार सम्बोधन गर्दे अध्यक्ष थापाले सरकारको नेतृत्व मात्रै परिर्वतन गरेर समस्याको समाधान नहुने बताए। प्रमुख दलहरुले मुलुकलाई १३ बर्षदेखि गलत बाटोमा हिडाइरहेको भन्दै उनले ‘बाटो नै गलत भएकाले ड्राईभर परिर्वतन’ गरेर मात्रै गन्तव्यमा पुग्न नसकिने तर्क गरे। विदेशीको पैसाले चुनाब लडेका प्रमुख दलका नेताहरुले स्वाभिमानपूर्वक काम गर्न नसकेको आरोप उनले लगाए।

उनले भने, ‘आफूलाई प्रमुख भन्ने ठूला पार्टीहरु आन्दोलन गर्दा, चुनाव लड्दा विदेशीको पैसा लिन्छन्। जसले विदेशीको पैसा लिन्छ त्यसले स्वाभिमान पूर्वक काम गर्न सक्दैन। जुन बाटोमा कांग्रेस र कम्युनिस्टले १३ बर्षदेखि मुलुकलाई हिडाई राखेका छन्, त्यो बाटो गलत छ भनेर त्यसको विकल्पमा फरक विचार बोकेर खडा भएको पार्टी हो। हामी कांग्रेस र कम्युनिस्टका भाई पार्टी होइनौं। अहिले देशको समस्या केपी ओलीलाई हटाएर प्रचण्ड वा शेरबहादुर ल्याएर यो देशको समस्याको समाधान हुँदैन। जबसम्म बाटो परिर्वतन हुँदैन तबसम्म ड्राईभर मात्रै फेरेर गन्तव्यमा पुग्न सकिँदैन। बाटो नै फरक छ भने ड्राइभर फेर्ने होइन बाटो नै फेर्नुपर्छ।’

अध्यक्ष थापाले राष्ट्र निर्माणको बैकल्पिक विचार र मार्गचित्र राप्रपासँग रहेको उल्लेख गर्दे धर्म, संस्कृति, परम्परा र इतिहासको रक्षा गर्दै सम्बर्द्धनवादको सिद्धान्त अनुसार देशको विकास गर्न सकिने बताए।

उनले सर्वत्र मौलाउदै गइरहेको भ्रष्टाचार, नातावाद र कृपावादको प्रतिकारका लागि संगठन सुदृढ बनाउँदै तयारी अवस्थामा रहन विद्यार्थी संगठनलाई निर्देशन दिए।

प्रकाशित: १८ श्रावण २०७६ १४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App