७ वैशाख २०८१ शुक्रबार
अन्य

हतारमा कसरी मेकअप गर्ने !

रीना प्रधान, कस्मेटोलोजिस्ट
द फिनिसिङ टच, कुमारीपाटी

आजभोलि सबैलाई हरेक कुरामा हतार हुन्छ। अझै महिलालाई घरधन्दा सकेर, बच्चालाई स्कुल पु-याएर अफिस, व्यवसाय भ्याउने उत्तिकै हतारो हुन्छ। यस्तै हतारलाई मध्यनजर राख्दै हतारमा अर्थात् छिटोछिटो कसरी सुहाउँदो र राम्रो मेकअप गर्ने भन्ने विषयमा  चर्चा गर्दैछु। विशेषगरी हतारका साथ मेकअप गरी काममा जानुपर्ने महिलाको बाध्यता पनि छ। मेकअप यस्तो विषय हो, जुन कला सँगसँगै काम पनि हो। मेकअपले व्यक्तिको सुन्दरतामा निखार ल्याउँछ। कहिलेकाहीँ अनुहारमा भएका कमी कमजोरी लगायत दाग धब्बालाई छोपी वास्तविक निखरता ल्याउन सघाउँछ। सुन्दर हुन सबैलाई मन हुन्छ। आफू सुन्दर त हुँदै हुन्छौं तर, वस्तुलाई अझ सुन्दर, राम्रो तथा आकर्षित देखाउनु मेकअप हो। जसको सहायताले व्यक्तित्वमा समेत सकारात्मक प्रभाव पारेको हुन्छ। मेकअप गर्नु व्यक्तिको खुबि, रुचि तथा कला हो। जसले आफू सुन्दर देखिएर अरुलाई पनि सुन्दर बनाउन मद्दत पु-याउँछ।

नारी आफैँमा प्रकृतिको सुन्दर देन हुन्। सुन्दर वस्तुलाई अझ सुन्दर बनाउँदा बन्ने, बनाउने दुवैमा सकारात्मक प्रभाव पर्न जान्छ। विभिन्न सौन्दर्यका उत्पादनहरुको प्रयोगले कुनै पनि व्यक्तिलाई सुन्दर बनाई प्रस्तुत गर्नु मेकअप हो। समय, परिस्थिति, ठाउँ विशेषअनुसार मेकअप गर्नुपर्छ। कतिपयको मेकअप राम्रै अनि समयअनुरुप हुन्छ भने कतिपयको नहुन पनि सक्छ। व्यस्त जीवनमा सही तरिकाले मेकअप गर्न ज्ञान नहुन सक्छ। कसैकसैमा ज्ञानको अभावले चाहेर पनि राम्रो मेकअप गर्न नसकेको हुनसक्छ।

विशेषगरी महिला दिदीबहिनीहरु आफैँमा सुन्दर हुँदाहुँदै अझ आकर्षित देखिन नसकेको जस्तो मलाई लाग्छ। आज हामीले चर्चा गर्न गइरहेको विषय पनि यही समस्याको हल गर्नु हो। छोटो समयमा राम्रो मेकअप कसरी गर्ने भन्ने समस्या केही हदसम्म हल हुने आशा छ। दिनहुँ छिटोछरितो कसरी मेकअप गर्ने ? के–के सौन्दर्यका सामान लगाउन आवश्यक छ ? के के नलगाई पनि राम्रो र राम्री बन्न सकिन्छ भन्ने ध्येय हो। अहिले सबैजना समयअनुसार मेकअप गर्न चाहन्छन् तर उत्पादन सामग्रीमा ज्ञान नहुनु अनि समय अभावका कारण राम्रो देखिनुको सट्टा झन बेरुप देखिन पुगेका हुन्छन्। त्यसैले सही सौन्दर्यका सामान र सही तरिकाबाट मेकअप गर्न जानियो भने छोटो समयमै हामी सुन्दर देखिन सक्छौं। मेकअप गर्दा हामीले प्रयोग गर्ने सौन्दर्यका सामानको गुणस्तर आफ्नो छालाको रङसँग मिल्ने खालको हुनुपर्छ। त्वचाको रङ र मेकअपका सामग्रीमा एकदमै ध्यान दिनु आवश्यक हुन्छ। यी त भए साधारण केही मेकअपका कुरा। अब हामी हाम्रो मूल विषयतिर प्रवेश गर्दैछौं।

मेकअप भनेको के हो र गर्ने तरिका यसमा के–के सौन्दर्यका सामान प्रयोग गर्छौ। ‘छोटो समयमा मेकअप’ शीर्षकले नै अथ्र्याउँछ कि छिटो गरिने मेकअप जुन स्वयं गर्न सकिन्छ। अरूलाई पनि गरिदिन सकिन्छ। छोटो समयमै केही सौन्दर्यका सामानको प्रयोगबाट सुन्दर देखिनु छिटो मेकअप हो। साधारणतया यसमा हामीले थोरै मात्रामै सौन्दर्यका सामान प्रयोग गरे पुग्छ। यसका लागि हामीले प्रयोग गर्ने  सौन्दर्यका सामान फाउन्डेसन, कम्प्याक्ट पाउडर, आइब्रो, आइ लाइनर, मस्करा, ब्लसर, लिपिस्टिक, आइस्याडो आदि। हतारको बेला छिटोछिटो मेकअप गर्दा सर्वप्रथम अनुहारलाई सफा गर्ने अर्थात् पुस्ने त्यसका लागि हामीले फेस वाइपर प्रयोग गर्न सक्छौ जसले अनुहारलाई सफा अनि छिटो सफा गर्छ। त्यसपछि टोनर लगाउनु पर्छ। टोनरले छालालाई ताजा अनुभव गराउनुका साथै रोगाणुनास (एन्टिसेप्टिक)को समेत काम गर्छ।

टोनर लगाएपछि हामीले छालामा  मोस्चराइजर लगाउने, यदि हामीसँग प्राइमर छ, भने फेस प्राइमर पनि लगाउन सक्छौँ। प्राइमरले छालालाई संरक्षण गर्छ। सौन्दर्यका सामग्रीको प्रयोगबाट हुने असरबाट पनि बचाउँछ। यदि अनुहारमा दाग धब्बा छन् भने यसलाई छोप्न हामीले कन्सिलर प्रयोग गर्न सक्छौ। कन्सिलरलाई आँखा मुनि पनि लगाउन सक्छौ। यदि यस्तो समस्या छैन र छालामा कुनै दाग छैन भने नलगाउँदा पनि हुन्छ। अब छालामा फाउन्डेसन छनोट गर्दा आफ्नो रङअनुसार अथवा छालाको टोन मिल्ने किसिमको हुनुपर्छ। आफ्नो छालाको रङसँग मिल्ने खालको प्रशाधन छान्नु निकै महत्त्वपूर्ण कुरा हो। किनकि छालाको टोन र फाउन्डेसनको रङ मिल्यो भने मेकअप प्राकृतिक तथा छाला फेयर दखिन्छ। तर, मेकअप छालासँग अमिल्दो भयो भने झन् नराम्रो देखिन्छ। हामीले सुरुसुरुमा फाउन्डेसन लगाउँदा ब्रस अथवा स्पोन्जले लगाउँदा राम्रो र सबै भागमा एकैनासको एउटै लेयर  देखिन्छ। त्यसपछि कम्प्याक्ट पाउडर लगाउने। अब आँखाको मेकअप गर्ने, जसमा आइब्रो निपुण आकार दिन आइब्रो कम्प्याक्ट लगाउने, त्यसपछि नरम चीजले अथवा छालाको रङको आइस्याडो लगाउने अनि आइलाइनर लगाई आइल्यासेसमा मस्करा लगाउने। ओठलाई अझ राम्रो देखाउन लिपिस्टिक लगाउने वा छान्दा हल्का रङको अर्थात ओठसँगै मिल्ने रङ प्रयोग गर्दा राम्रो हन्छ। यसले स्मार्ट लुक्स दिन्छ। अब अन्तिममा मेकअप फेसलाई हाइलाइट गर्न अथवा मेकअपलाई फिनिसिङ गर्न हामीले छालासँग मिल्दोजुल्दो रङको ब्लसर लगाउन सक्छौँ। यसरी हामीले छोटो समयमा पनि मेकअप गरी सुन्दर देखिन सक्छौँ।

आजको यस्तो व्यस्त समयमा पनि सम्पूर्ण महिला दिदीबहिनीले छोटो समयमा आफँै मेकअप गरी राम्री देखिन सक्छन्। हामीले थोरै सौन्दर्यका सामग्रीको प्रयोगबाट पनि आफ्नो सुन्दरता कायम राख्न सक्छौं। छालामा भएको कमीकमजोरीलाई आफ्नो व्यक्तित्वमा राम्रो प्रभाव पार्न सक्छौँ। मेकअपले कुनै व्यक्ति महिला अथवा पुरुष सबैको आत्मविश्वास बढाई स्मार्ट बनाइदिन्छ
प्रस्तुतिः भाषा शर्मा। (कुराकानीमा आधारित)

प्रकाशित: १८ श्रावण २०७६ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App