प्रहरी चौकीमै हमला गरी पाँच थुनुवाको हत्या

शनिबार, १८ साउन २०७६, १५ : १४ नागरिक

सिले– मध्य मेक्सिकोको एक प्रहरी चौकीमा अज्ञात बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा त्यस चौकीमा थुनामा राखिएका पाँचजना थुनुवाको ज्यान गएको यहाँका प्रहरी अधिकारीले जनाएका छन्। थुनामा राखिएका ती व्यक्तिलाई नै लक्ष्य गरेजस्तो गरी कैयौँको संख्यामा आएका ती बन्दुकधारीले मध्य मेक्सिकोको ग्वान्जुतो राज्यको उक्त प्रहरी चौकीमा गोली चलाएका थिए।

उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रवक्ता जुआन जोस मार्टिनेजले दिएको जानकारीअनुसार त्यस गोली प्रहारमा परी पाँच जना थुनुवा मारिएका छन्। तर ती थुनुवालाई के कति कारणले थुनामा राखिएको थियो भन्ने बारेमा भने उनले केही बताएका छैनन्। उक्त प्रान्त मेक्सिकोको एक ठूलो औद्योगिक क्षेत्रमा पर्दछ। त्यहाँ कार निर्माणका ठूलो कारखानाहरु रहेका छन्। यस कारण पनि यस क्षेत्रमा आपराधिक गतिविधि सञ्चालन गर्ने विभिन्न समूहहरु जाने गर्दछन्। तर पनि त्यस क्षेत्रमा सरकारले ठूलो सुरक्षा प्रबन्ध गर्न नसकेको गुनासो उद्यमी व्यवसायीहरुको हुने गर्दछ।

मेक्सिकोमा अवैध रुपमा लागू औषध ओसारपसार गर्ने विभिन्न आपराधिक समूहहरु विगतदेखि नै सक्रिय रही आएका छन्। यस आक्रमणमा पनि तिनै समूहहरुको हात हुनसक्ने प्रहरीले जनाएको छ। तर यो कुराको आधिकारिक रुपमा पुष्टि हुन भने सकेको छैन। प्रहरीले आक्रमणकारी आक्रमणकारी को हुन् र किन प्रहरी चौकीमा हमला गरेका हुन् भन्ने बारेमा खोजी थालेको बताएको छ। रासस








यसमा तपाईको मत

अन्य समाचार

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताहरूको भिडियोलाई लुकाउने गरेको भेटियो !

टिकटकले मोटा र अशक्त प्रयोगकर्ताको भिडियो लुकाउने तरिका दीर्घकालीन योजना नभएको दाबी गरेको छ ...

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

म्याथको हिसाब गर्न क्यामराले फोटो खिचे पुग्ने !

यस एपले प्राथमिक तह, माध्यमिक र उच्च माध्यमिक तहका हिसाबहरूलाई अटोमेटिक समाधान गर्न सक्नेछ ...

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

Ncell Footer Ad