coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रहरीका असईलाई 'इन्काउन्टर' गर्ने विप्लव समूहकाे चेतावनी

कैलाली– नेत्रविक्रम चन्द विप्लव समूहकाे जनअदालतले नेपाल प्रहरीका एकजना असईलाई इन्काउन्टर गर्ने चेतावनी दिएको छ।

आफ्ना पार्टीका नेताकार्यकर्तामाथि सुराकी गरेको भन्दै नेपाल प्रहरीको सिआइबीमा कार्यरत कैलाली बर्दगोरिया–१ का भैरव कुँवरलाई सुराकी नरोके इन्काउन्टर गर्न बाध्य हुने चेतावनी दिएको हो।

विप्लव समूहकाे जनअदालत कैलालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुँवरकै सुराकीको आधारमा विभिन्न नेता, कार्यकर्ताहरुलाई अपहरण शैलीमा गिरफ्तार गरिएको छ। हाम्रो लडाइँ सेना प्रहरीसँग होइन। सुराकी नगर्न आग्रह गर्दछौं। सुराकी कार्य जारी राखे कुनै पनि बेला जनताको सुरक्षा र नेता कार्यकर्ताको सुरक्षाका लागि इन्काउन्टर गर्न बाध्य हुनेछौं।’

ती प्रहरीलाई विप्लव समूहले २५ दिने पक्राउ पूर्जी पनि जारी गरेकाे छ।

प्रकाशित: १८ श्रावण २०७६ ०७:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App