६ वैशाख २०८१ बिहीबार
अन्य

आकर्षक चरा बनाउने चित्रकारहरू

विद्यालयको प्रवेशद्वारबाट भित्र छिर्नेबित्तिकै सुन्दर दृश्यले मन तान्यो। किनकि त्यहाँ बोटबिरुवा र विभिन्न खाले फूलहरू रोपिएका थिए। भित्ते साहित्यले विद्यार्थीहरू निकै सिर्जनशील छन् भन्ने प्रस्टै देखिन्थ्यो। बाहिर र भित्र जताततै चराका चित्रहरू थिए। नेपालमा पाइने विभिन्न जातका चराहरू थिए। कहिल्यै नदेखिएका चराहरू पनि थिए। विद्यार्थीहरू उत्साहको साथ आफ्नै धुनमा चराका चित्रहरू कोर्दै थिए। कोही कालिज त कोही डाँफेका चित्रहरू कोर्दै थिए। वातावरण चरामैत्री सुन्दर थियो।प्राय ः स्कुलका सबै भवनहरूमा चित्रहरू टाँसिएका थिए। 

एभरेष्ट इङ्लिस स्कुल, मिबाछे –२, भक्तपुरले विशेष गरी चरासम्बन्धी  चित्रकलाको गतिविधि अगाडि बढाइरहेका छन्। राजेन्द्र याकामी र साजन ह्याङ्गोजू दुई जना चित्रकला शिक्षक छन्। विसं २०३९ सालमा स्थापित  विद्यालयमा १२ सय २५ विद्यार्थी छन्। प्रधानाध्यापक भक्त राजभण्डारीका अनुसार विद्यार्थीहरूको क्षमता अभिवृद्धि गर्न विद्यालयले विविध कार्यक्रम गर्दै आएको छ। नागरिक ‘जूनकीरी’का लागि श्रीराम राईले केही विद्यार्थीहरूसित कुराकानी गरेका छन्। 

लिपुक कर्माचार्य 
कक्षा –९

मनको भावना प्रस्तुत गर्ने माध्यम चित्रकला हो। बाल्यकालमा टेलिभिजनमा देखिएका कार्टुन  र जनावरहरूको चित्र कोर्ने गर्थे। चित्रकलाले आत्मसन्तुष्टि प्राप्त हुन्छ र अरूलाई पनि सन्तुष्टि दिलाउँछ। चित्रकलाको सीपले अरू क्षमतामा पनि  वृद्धि हुँदै जान्छ। चराहरूमा  धेरै रङ हुन्छ। हामीले धेरै रङ प्रयोग गर्न पाउँछौं। कागको चित्र कोर्दा रातो र सेतो रङ प्रयोग गर्न मिल्दैन। घरमा मेरो ‘स्केच बुक’मा धेरै चित्रहरू संकलित  छ। घरको ढोकामा पनि चित्र टाँसेको छ। म राम्रो चित्र कोर्छु भन्ने कुरा घरपरिवार,साथी र नातागोता धेरैलाई थाहा छ। मैले तयार गरेको चित्र स्कुलमा पनि राखिएको छ।

कृति याकामी
कक्षा –८

म नेपालको राष्ट्रिय चरा डाँफे, सुगा,परेवा, भँगेरा, हात्ती, गैंडा, हरिण, घोडा,  र सिनरी आदिको चित्र बनाउने गर्छु। विद्यालयले पढाइलाई मात्रै प्राथमिकता दिएको छैन। विभिन्न क्रियाकलापहरू गर्दै आइरहेको छ। जसअन्तर्गत चित्रकला पनि पर्छ। स्कुलमा ‘हाम्रो संस्कृति, हाम्रो पहिचान’ को मैले कोरेको  चित्र छ। सो  चित्र भक्तपुर नगरव्यापी चित्रकला प्रतियोगितामा प्रथम भएको हो। मैले वातावरण प्रदूषण हटाउनु पर्छ भन्ने उद्देयले  चित्र कोरेकी छु। आफ्नो सीपलाई देखाउन सकिन्छ। चित्रबाट मनका भावहरू व्यक्त गर्न  सकिन्छ। जनमानसमा चराको संरक्षण गर्न चित्रकला अभियानले मद्दत पु¥याउँछ। सानैदेखि चित्र कोरेको हुँदा मनोबल उच्च छ जस्तोसुकै कार्यक्रममा पनि निर्धक्कसित बोल्न सक्ने भएकी छु। 

अथर्व पाल
कक्षा –८,

‘आर्ट क्लब’मा बसेपछि मलाई आर्टप्रति विशेष रुचि जागेको हो। चित्रले पाठ्यपुस्तकको विषयवस्तुलाई छर्लङ्ग पार्ने काम गर्छ। चित्र कोर्दा मनको भावना बाहिर जाने भएको हुँदा मन हलुको हुन्छ। बोल्न नसक्नेहरूले पनि चित्रको माध्यमबाट आफ्नो हर्षविस्मात जस्ता धारण आदि व्यक्त गर्न सक्छ। मानिसहरूलाई सिर्जनशील बनाउँछ। लेखपढ नगरेकाहरूलाई चित्रको माध्यमबमाट ज्ञान प्रदान गर्न सकिन्छ।विद्यालय परिवारले विद्यार्थीको चित्रकला क्षमतालाई अगाडि बढाउन अथक प्रयास गरिरहेको छ। राजेन्द्र याकामी र साजन ह्याङ्गोजू सरले हामीलाई चित्र कोर्न सिकाउँदै हुनुहुन्छ। निरन्तर अभ्यासले सजिलै सफलता हासिल गर्न सक्छु भन्ने कुरामा म ढुक्क छु। चित्रकला हाम्रो आभूषण जस्तै हो। हाम्रो विद्यालयबाट पनि चराहरूको संरक्षणका लागि चित्रकलामार्फत् सुनौलो अभियान भइरहेको छ। चराहरू लोप हुँदै गइरहेको छ। हामीले चराहरूको संरक्षणका लागि चित्र कोर्दै छौं। यसले अन्य कुराहरूको  संरक्षणका लागि पनि निकै सहयोग पु¥याउँछ।

साँची होरा
कक्षा –९

मैले मान्छेको चित्र कोरेर चित्रकला यात्रा सुरु गरें। मैले हिमाल, पहाड, नदीनाला, घर, बादल आदिको दृश्य हेरेर चित्र कोरेकी छु। त्यस्तै गरी मैले ईन्द्रजात्रा र गाईजात्रा पर्वको चित्र पनि बनाएकी छु। हाम्रो विद्यालयमा जैविक विविधतासम्बन्धी कार्यक्रम भएको थियो। इच्छाअनुसारको चित्र कोर्न सकिन्छ। चित्रकलाले सजिलै वास्तविक कुराहरू सजिलै बुझ्न सहयोग पु¥याउँछ। ध्यान एकीकृत गराउँछ। कहिल्यै नदेखेका चराहरू पनि चित्रमा देख्न सकिन्छ। यहाँ मयुर, कालिज, ढुकुर, भँगेरा, सुगा, धोवी चरा, बकुल्ला आदिको चित्र राखिएको छ। आमाबुबाले सधैं मलाई चित्र कोर्न प्रोत्साहन गर्नुहुन्छ। उहाँहरूले   चित्रकला र पढाइलाई सँगै अगाडि लैजाने सुझाव दिनुहुन्छ।

विजेन लवजू
कक्षा –८,

यहाँ चित्रकलासम्बन्धी कार्यक्रम भइरहन्छ। अहिले हामी चराहरूको चित्र कोर्दै छौं। हामीले फूल, मठमन्दिर, प्रवेशद्वार, झर्ना, रूख आदिको चित्र कोरेका छौं। 
चित्र कोर्नु भने जस्तै सजिलो हुँदैन। निरन्तर अभ्यास गरिरहनु पर्छ। हातलाई नियन्त्रण गर्न सक्नु पर्छ। यहाँ निरन्तर रूपमा चित्रकलाको पठनपाठन भइरहन्छ।। विद्यालयले चित्रकला पनि अगाडि बढोस् र पढाइ पनि नबिग्रिओस् भनेर खूब ध्यान दिएको छ। विद्यालयले बेलाबेलामा विभिन्न ठाउँमा हुने चित्रकला प्रतियोगितामा पठाइरहन्छ। राम्रो चित्र कोरेर हामी पुरस्कृत पनि भएका छौं। विद्यालय बालमैत्री वातावरण छ। चित्रकलाले बोल्न र सुन्न नसक्नेलाई पनि भाषाको काम गर्छ। चित्रकलाले देशमा के भइरहको छ भन्ने स्थितिको अवगत गराउँछ। यसले कल्पनाशील बनाउँछ।

नमन अधिकारी
कक्षा –९

मैले सानैदेखि चित्र कोर्थे। पहिले कार्टुनका पात्रहरूको चित्र कोरेको भलझली सम्झना आइरहेको छ। म गाउँ र सिनरीहरूको चित्र कोर्ने गर्छु। हामी चित्र कोर्नैका लागि महिनाको दुई शनिबार भक्तपुर दरबार स्क्वायर जाने गर्छौ। हामी सरको सुझावअनुसार मन्दिरमा बसेका काग, परेवा र मान्छेहरूको चित्र कोर्ने गर्छौ। हामीले धेरै चराहरूको चित्र कोरेका छौं। चराहरूको रङ एकदमै उज्यालो हुन्छ। चराहरू रङ्गीविरङ्गी हुन्छन्। हामीलाई फरकफरक रङ प्रयोग गरेर चराहरूको चित्र कोर्न रमाइलो लाग्छ। यसले विभिन्न रङको प्रयोग गर्न सिकाउँछ। विभिन्न रङ प्रयोग गर्न पाउँदा मन प्रफुल्ल हुन्छ र चित्र कोर्न थप हौसला प्राप्त हुन्छ। आमाबाबु, आफन्त र साथीहरूलाई म चित्र कोर्छु भन्ने कुरा राम्ररी थाहा छ। बुबाले ‘स्केच बुकै’ ल्याइदिनु भएको छ। उहाँहरूकै प्रोत्साहनले चित्रकलालाई निरन्तरता दिने लक्ष्य लिएको छु। कहिलेकाहीँ त्यसै बस्दा पनि ‘ड्रइङ पेपर’मा हात घुमिरहेको छ जस्तो लाग्छ। हाम्रो विद्यालयमा चरा केन्द्रित चित्रकला गोष्ठी भइरहन्छ। चरा र चराहरूको बासस्थान हराउँदै गएका छ। कार्यक्रमले चराहरूको महŒव बुझाई यिनीहरूको संरक्षणमा गर्न हौसला प्रदान गर्छ। कार्यक्रमले चराहरूले प्रकृतिको सौन्दर्य बढाउन कस्तो भूमिका खेल्छ भनेर सुसूचित गराएको छ। चित्रकलाले नयाँनयाँ परिकल्पना गर्ने बानीको विकास गराउँछ।

रोसनी माताङ
कक्षा – १०

पहिलेका दाइदिदीहरूले पनि चित्रहरू चित्रहरू कोर्नु हुन्थ्यो। पेन्टिङकलर, पेन्सिल, इरेजर आदि आवश्यक पर्छ। मान्छेका नेचरहरू, सिनरी,झरना, फूल, जनावर, चरा आदिको चित्र कोर्छु। मलाई चित्र नकोरी त्यसै बस्दा झ्याउ लाग्छ । चित्र कोर्दा धेरै रमाइलो लाग्छ। आफ्नो सिर्जनात्मक क्षमतामा वृद्धि हुन्छ। चित्र कोर्दै गर्दा धेरै आनन्द हुन्छ र कोरेपछि हेर्नेहरूलाई पनि आनन्द लाग्छ। यसबाट मनोरञ्जन प्राप्त हुन्छ। चराहरू लोप भएमा हामीले तयार गरेका चराका  चित्रहरूले त्यस्ताखाले चराहरू पनि हुन्थ्यो रहेछ भन्ने नयाँ  पिँढीलाई थाहा हुन्छ। चरा नेपालको पहिचान हो। कति चराहरू त नेपालमा मात्रै पाइन्छ। यहाँको भित्ताभरि जताततै उडिहालुँ जस्तै रंगीन चराका चित्रहरू सजाइएको छ। चराहरू सानासाना भाइबहिनी जस्तै निश्छल र सुन्दर हुन्छन्। चराहरू लोप हुँदै गएको छ। विद्यालयले चराहरू लोप नहोऊन् भनेर चराहरूको चित्रकला प्रदर्शनी गर्दै आएको छ। आमाबुबाले मेरो मनोभाव बुझेरे मलाई चित्रकला प्रतियोगितामा भाग लिन हौस्याइरहनु हुन्छ। मैले विभिन्न ठाउँमा भाग लिने अवसर पाएकी पनिे छु ।

दिवेश श्रेष्ठ
कक्षा –९

म अहिले कालिज भन्ने चराको तस्बिरलाई आफ्नो ड्रइङ सेटमा उतार्न खोज्दै छु। एउटा राम्रो  चित्र कोर्न तीन ओटा तह पूरा गर्नु पर्ने पर्छ । पहिले लाइट कलर ‘बेसिक कलर’मा हलका रङ लगाइन्छ। दोस्रो ‘एडिसनल टच’मा राम्रो बनाउन रङ थपिन्छ र ‘फाइनल स्टेज’ मा छायाङ्कनलाई मुख्य रूपमा केन्द्रित गरिन्छ र अन्तिम रूप दिइन्छ। चित्रकलामार्फत् बढ्दो प्रदूषण, जनसंख्या वृद्धि र ग्लोबल वार्मिङसम्बन्धी समाजमा जनचेतना जगाउन सकिन्छ। चित्रले सयौँ शब्द व्यक्त गर्न सक्छ। चराहरूबाट विभिन्न खाले सोच प्राप्त हुन्छ। राम्रो चित्र कोर्न स्वतन्त्र भएर शान्त वातावरणमा बस्नु पर्छ। चित्र सोचे जस्तो सजिलो हुँदैन।  कोहीकोही चाहेर पनि राम्रो चित्र कोर्न सक्दैन। यो व्यक्तिको क्षमतामा भर पर्छ। चित्र कोर्नु भनेको मनभित्रका कुराहरूलाई  व्यक्त गर्नु जस्तै हो।

डेभिड दुवाल
कक्षा–८,

विद्यालयमा कक्षा १ देखि नै चित्रकलाको पढाइ हुन्छ। प्राकृतिक दृश्य, डाँडाकाँडा मठमन्दिर र घरको चित्र कोर्न मन लाग्छ। विज्ञान विषयमा चित्रको धेरै महŒव छ। चित्रहरूले पाठ्यवस्तु सजिलै बुझ्न मद्दत पु¥याउँछ। चित्र भएन भने पढेको बुझ्न सकिँदैन। चित्रले आफ्ना अनुभवहरूलाई बाहिरी दुनियाँमा ल्याउने सहयोग पु¥याउँछ। यसले विगतको देश, काल र परिवेश कस्तो थियो भन्ने बुझाउँछ। चित्रहरूले अलगअलग संसारमा पु¥याउने हुँदा रमाइलो अनुभूत  उपलब्ध गराउँछ । हाम्रो विद्यालयले वातावरण दिवस, भानु जयन्ती जस्ता विशेष अवसरमा चित्रकला प्रतियोगिता गराइरहेको हुन्छ।

चरा निर्दाेष र दयालु प्राणी हो। यो विश्वबाट क्रमशः हराउँदै गएको छ। त्यसैले यसलाई संरक्षण गर्न वातावरणलाई प्रदूषण हुनबाट जोगाउनुपर्छ। यसैमा केन्द्रित भई हाम्रो विद्यालयमा भर्खरै कार्यक्रम सम्पन्न भयो। अरनिकोले नेपाली समाजको स्थितिलाई चीनभर फैलाएको इतिहास साक्षी छ। मलाई केके कर्माचार्य, अरनिको, लिओनार्दो दा भिञ्ची र राजेन्द्र याकामी जस्तो प्रसिद्ध चित्रकार हुने मन छ।
चित्रकला प्रदर्शनीबाट समाजलाई सचेत गराउन सकिन्छ। कहिलेकाहीँ भने जस्तो चित्र कोर्न नसक्दा छटपटी भइरहन्छ। चित्रकलाबाट बालबालिकालाई सक्षम बनाउन सकिन्छ। आत्मनिर्भर बनाउन सकिन्छ। किताबी ज्ञानभन्दा व्यावहारिक ज्ञान उम्दा हुन्छ। हामीले किताबबाट मात्रै राम्ररी बुझ्न सक्दैनौं। चित्रकला एक प्रकारले प्रयोगात्मक शिक्षा हो।  

एकिन देशेमरु
कक्षा –७

कक्षा –२ देखि नै मैले चित्रहरू कोर्न थालेको हो। एउटा चित्र कोर्न कम्तीमा एकदेखि तीन घण्टा जति लाग्छ। आमाहरूले चित्रकला र पढाइलाई उत्तिकै  प्राथमिकता दिनु भन्नु हुन्छ। चित्रले हाम्रो मनलाई शान्त बनाउँछ। चित्रमार्फत् मनका कुराहरूलाई सजिलै अभिव्यक्त गर्न सकिन्छ। भाषाबाट नबुझेका कुरा चित्रबाट बुझ्न सकिन्छ। हाम्रो देशमा भएको प्राकृतिक सम्पदा, पशुपक्षी, मठमन्दिरको चित्र बनाई देशको चिनारी गराउन सकिन्छ। विभिन्न रङका चित्रहरू बनाएर पर्यटकहरूलाई आकर्षित गरी पर्यटन प्रवद्र्धनमा मद्दत पु¥याउन सकिन्छ। चित्रबाट पढेको कुरा सजिलै छिटो बुझ्न सकिन्छ। त्यसैले पढाइमा चित्रको निकै महत्व छ। 

प्रकाशित: १८ श्रावण २०७६ ०७:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App