अझै केही दिन मनसुन पूर्ण सक्रिय नहुने

शनिबार, १८ साउन २०७६, १२ : ४१ नागरिक

काठमाडाैं– मनसुनी न्यून चापीय रेखा नेपालको तराई भू–भाग भन्दा दक्षिणतिर अवस्थित रहेको छ। आजबाट विस्तारै उत्तरतिर (नेपालतर्फ) सर्दै जाने क्रम शुरु भएकाले नेपालसम्म आइपुग्न अझै केही दिन लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

उक्त मनसुनी न्यून चापीय (वर्षा गराउने वायु) नेपालतर्फ सर्ने क्रम शुरु भएकाले सोमबारसम्ममा मनसुन पूर्ण सक्रिय हुने मौसमविद् समीर श्रेष्ठले बताए। उनले भने, 'मनसुन एकैचोटी पूर्ण सक्रिय हुने छैन्, विस्तारै क्रमिक रुपमा सक्रिय हुँदै जाने छ।' 

उक्त रेखा नेपालको उत्तरतिर सर्ने क्रम शुरु भइसकेकाले आज देशभर आंसिकदेखि सामान्य बदली रही भोलि हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम महाशाखाले जनाएको छ। 

आइतबार देशैभर आंशिकदेखि सामान्य बदली रही मेघगर्जनसहित वर्षाको सम्भावना रहेको बताइएको छ। महाशाखाका अनुसार आइतबार देशभर आंसिकदेखि सामान्य बदली रही देशका पश्चिमी भू–भागका केही स्थानमा तथा मध्य र पूर्वका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

यसैगरी महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानमा मेघगर्जन तथा चट्याङपर्ने सम्भावना रहेको र पहाडी भू–भागका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रेहकाले सतर्कता अपाउन आग्रह गरेको छ। 







यसमा तपाईको मत

अन्य समाचार

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेलद्वारा पहिलो १४ सुपर सेलरलाई पुरस्कार वितरण

एनसेल प्राईभेट लिमिटेडले हाल संचालनमा रहेको आफ्नो ‘एनसेल सुपर सेलर’ योजना अन्तर्गत काठमाडौं र ललितपुर जिल्लाका पहिलो १४ पोइन्ट अफ...

१९७४ एडीको "निरन्तरता" (भिडियो)

१९७४ एडीको "निरन्तरता" (भिडियो)

सांगीतिक रक ब्याण्ड १९७४ एडीका पुराना सदस्यहरु रियुनाइटेड भए लगतै सांगीतिक कार्यक्रममा जुटिरहेको छ। ...

यस्तो छ दराज ११.११ सेलको फाइदा

यस्तो छ दराज ११.११ सेलको फाइदा

नेपालको अनलाइन शपिङ साइट दराजले संसारकै सबै भन्दा ठुलो सेल डे ११.११ सेल (एकदिनकोसेल) यहि कार्तिक २५ गते, नोभेम्बर ११...

साओमीको सर्भिस सेन्टर थपिए

साओमीको सर्भिस सेन्टर थपिए

साओमीले नेपालका लागि थप आधिकारिक सर्भिस सेन्टर घोषणा गरेको छ । ...

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण

नेपाल विज्ञापन संघ (आन) को आयोजना र सामाजिक सुरक्षा कोषको प्राविधिक सहयोगमा ‘सामाजिक सुरक्षा कोषसम्बन्धी अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ...

जनता बैंकको सहयोग

जनता बैंकको सहयोग

जनता बैंक नेपालले क्याम्पसलाई सहयोग गरेको छ । ...

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

एआई अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

ब्रिटिस कलेजले इन्स्टिच्युट अफ इन्जिनियरिङ (आइओई), पुल्चोक क्याम्पस र इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सकोे साझेदारीमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) अन्तर्राष्ट्रिय...

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

एएमडीले ल्यायो सबैभन्दा शक्तिशाली डेस्कटप प्रोसेसर

प्रोसेसरको दौडमा इन्टेल पछि पर्दै ! ...

Ncell Footer Ad