८ वैशाख २०८१ शनिबार
समाज

दोलखाको जुँगुमा रातभर पहिरो, २ बेपत्ता

दोलखा - दोलखाको गौरीशंकर गाउँपालिका १ जुँगुमा पहिरोमा परी २ जना बेपत्ता भएका छन् भने १० भन्दा बढी घर पुरिएका छन्।  गए राति जुँगु स्थित च्यासेभीरको तीन ठाउँबाट झगडेधारो गाउँतर्फ झरेको पहिरोले झगडेधारोका १० घर पुरिएको वडाध्यक्ष झलकु कुमार कार्कीले जानकारी दिए। 

कार्कीका अनुसार झगडेधारोका २१ घर मध्ये १० घर पुरिएका छन् भने ११ घरमा लेदो, ढुंगा माटो पसेको छ।  राति १० बजेदेखि पहिरो अाउँन थालेपछि गाउँका स्थानीय भागेर सुरक्षित स्थानतर्फ गएका थिए। 

झगडेधारो सम्म आइपुगेको पहिरोको छिर्का त्यहाँभन्दा तल्लो बस्ती बिरम्सीसम्म पर्न थालेपछि बिरम्सीका मानिसहरु समेत राति नै भागेका थिए। वडाध्यक्ष कार्कीका अनुसार भाग्ने क्रममा बिरम्सीका ५५ वर्षिया जगतबहादुर खत्री गएरातिदेखी नै वेपत्ता छन्।  झगडेधारोका २१ परिवार बिचल्लीमा छन्।

यस्तै गौरीशंकर गाउँपालिका २ को गैरी र उखुबारीको बिचमा रहेको खहरेमा आएको बाढी फसेको यात्रुबाहक बसका यात्रुलाई उद्धार गर्न गएका स्थानीय निशान खड्का समेत रातिदेखी नै वेपत्ता छन्।  यात्रु बोकेर नाम्दु–क्षेत्रपा सडक हुँदै जुँगुका लागी हिडेको बस जुँगु खोलामा आएको बाढीमा फसेको थियो। प्रहरी र स्थानीयसंगै उद्धार गर्न पुगेका खड्का रातिदेखी नै वेपत्ता भएको जिल्ला स्थित सुरक्षा अधिकारीहरुले जनाएका छन्।

प्रकाशित: १८ श्रावण २०७६ ०३:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App