७ वैशाख २०८१ शुक्रबार
समाज

प्रेमिका हत्या गरेर अाफैँ प्रहरीमा

काठमाडौं– प्रहरीले प्रेमिकाको निर्मम हत्यापछि आफै प्रेमिकाको खोजीमा प्रहरीलाई सघाउने एकजनालाई पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाले भक्तपुरमा बोरामा शब भेटिएको अवस्थामा फेला परेकी सन्तोषी भन्ने एलिसा नेपालीको हत्यामा संलग्न अभियुक्तलाई पक्रेको हो।

महाशाखाका अनुसार एलिसाका प्रेमी रेशम भन्ने मुक्तिनाथ लामिछानेले भक्तपुर बोडेमा रहेको आफ्नै घरमा कार्तिक १२ गते एलिसाको हत्या गरेका थिए। भक्तपुर प्रहरीले कार्तिक २० गते बेवारिसे अवस्थामा बोरामा फेला पारेको शब एलिसाको भएको परिवारले सनाखत गरेका थिए।

महाशाखाका एसपी प्रकाशजंग कार्कीका अनुसार एलिसाको हत्यापछि उनकै फोनबाट लामिछानेले हिन्दीमा फिरौती बापत डेढ करोड माग गरेका थिए। एसपी कार्कीका अनुसार एलिसाका बाबुसँगै लामिछाने आफैपनि महाशाखामा एलिसा खोजीदिन भन्दै निवेदन लिएर पुगेका थिए।

महाशाखाका अनुसार  एलिसाको हत्याको प्रमुख कारण लामिछानेलाई छाडेको रिस देखिएको छ। अनुसन्धान अधिकारीका अनुसार एलिसा र लामिछाने बैशाखमा  बुढानिलकण्ठस्थित रिफ वाटर प्रोसेस नामको पानी फ्याकट्रीमा कामगर्दा परिचित भएका थिए। सामान्य परिचय पछि प्रेममा परिणत भएपछि लामिछानेले एलिसालाई आर्थिक सहयोग समेत गर्ने गरेका थिए। लामिछानेको आचरण ठिक नभएको कारण देखाएर पानी फ्याक्ट्रीबाट निकालेपछि सम्बन्धमा तिक्तता आएको प्रहरी अनुसन्धानमा खुलेको हो।

‘ दशै अघिबाट युवतीको सम्बन्ध तेस्रो युवकसँग बढेपछि आरोपी बदलाको योजनामा रहेको देखिन्छ, योजनावद्ध रुपमा हत्या गरेर शब ब्यवस्थापन गरेको देखियो,’ एसपी कार्कीले भने। उनका अनुसार लामिछाने आगजनी र चोरी मुद्दामा सजाय भुक्तान गरिसकेका अभियुक्त समेत हुन्।
घटनाका दिन लामिछानेले एलिसालाई चावहिलमा भेटेर भक्तपुर बोडे आफ्नै घरमा लगेका थिए। घरमा तेस्रो युवकका बिषयमा कुरा उठेपछि दुबै बिच भनाभन हुदाँ लामिछानेले  हत्तासोले एलिसाको टाउकोमा प्रहार गरि हत्या गरेका थिए।

प्रकाशित: २३ कार्तिक २०७३ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App