८ वैशाख २०८१ शनिबार
खेल

युनाइटेड डिबालासँग सम्झौतानजिक

लन्डन – इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर पाउलो डिबालासँग सम्झौतानजिक पुगेको ब्रिटेनका सञ्चारमाध्यमले जनाएका छन्। साथै ती सञ्चारमाध्यमले डिबालाको खबर बाहिर सार्वजनिकको सुरुआती चरणमा रहेको र क्लबले कुनै आधिकारिक धारणा व्यक्त नगरेको पनि जनाएको छ। तर राम्रो खेलाडीको खोजीमा रहेको युनाइटेडले अर्जेन्टाइन फरवार्ड डिबालालाई ओल्ड ट्राफोर्डमा स्वागत गर्ने योजना पनि बुनिरहेको छ। यता, युभेन्ट्सले पनि डिबालालाई फुकुवा गर्दै युनाइटेडकै स्ट्राइकर रामेलु लुकाकुलाई क्लब अनुबन्ध गर्ने चाहना देखाएको छ।

युभेन्ट्स इटालियन च्याम्पियन्स बन्न सफल हुँदा २५ वर्र्षे डिबालाले १० गोल गरेका थिए। लुकाकु भने पनि सिरी ‘ए’ क्लब इन्टर मिलान जाने इच्छा जनाएका थिए। तर, २६ वर्षे लुकाकुले गत जुलाईमा पारिश्रमिकको विषयलाई लिएर मिलानको प्रस्ताव अस्विकार गरेका थिए। बेल्जियमका लुकाकुले इन्टर मिलान जाने चाहना देखाए पनि अर्को टोली युभेन्ट्समा पनि खुसी नै हुनेछन्।

युनाइटेडले गत संस्करणको प्रिमियर लिगमा छैटौं स्थानमा रहँदै लिगको समापन गरेको थियो। सोहीकारण यस सिजनको च्याम्पियन्स लिग गुमाएको थियो। अगस्ट ८ मा बन्द हुने खेलाडी सुरुवा बजार समाप्तिसँगै टोलीमा राम्रा खेलाडी हुने र लिगमा राम्रो गर्दै अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउनेमा टोलीका प्रशिक्षक ओले गनर सोल्सजायर आशावादी छन्।

‘म यहाँ टोलीका खेलाडीको बारेमा टीकाटिप्पणी गर्न आएको होइन,’ प्रशिक्षक ओले गनर सोल्सजायरले भने, ‘हामीले गृहकार्य गरिरहेका छौं। दश दिन भयो, यसबारे हामीले छलफल गरेको छौं। छिट्टै निष्कर्षमा पुग्नेछौं।’ अघिल्लो सिजन रियालका पोर्चुगिज खेलाडी रोनाल्डो टुरिन पुग्दा क्लबको पहिचानलाई उचाइमा पुगेको छ। म्यानचेस्टर युनाइटेडले अर्जेन्टाइन फरवार्ड पाउलो डिबालालाई ओल्ड ट्राफोर्डमा स्वागत गर्ने योजना पनि बुनिरहेको छ। युभेन्ट्सले पनि डिबालालाई फुकुवा गर्दै युनाइटेडकै स्ट्राइकर रुमेलु लुकाकुलाई क्लब अनुबन्ध गर्ने चाहना देखाएको छ।

 

प्रकाशित: १८ श्रावण २०७६ ०२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App