७ वैशाख २०८१ शुक्रबार
खेल

तीन टोलीलाई गोल्डेनपिक बास्केटबल उपाधि

विधागत विजेता खेलाडी। तस्बिरःनागरिक

काठमाडौं – आठौं गोल्डेनपिक अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि ग्रिनल्याण्ड, लालिगुराँस र रिलायन्सले जितेका छन्। शुक्रबार भएको सिनियर ब्वाइजको उपाधि भिडन्तमा ग्रिनल्याण्ड स्कुलले आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्यो। सिनियरतर्फ उत्कृष्ट खेलाडी चुनिएका ग्रिनल्याण्डका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए। चावहिल सरस्वतीनगरस्थित गोल्डेनपिक हाइस्कुलकोे कोर्टमा भएको जुनियर ब्वाइजमा लालिगुराँसले बाजी मा¥यो।

सिनियर ब्वाइजको उपाधि भिडन्तमा आयोजक गोल्डेनपिकमाथि ४६–४२ को कठिन जित निकाल्दा ग्रिनल्याण्ड स्कुलका राजिव आलेले उत्कृष्ट प्रदर्शन गर्दै १९ स्कोर गरेका थिए। राजिव उत्कृष्ट खेलाडीसमेत घोषित भए।

दीपेश क्षेत्रीको ११ स्कोरको मद्दतमा लालिगुराँसले एञ्जलहार्ट स्कुललाई ३६–३३ को स्कोरमा स्तब्ध बनायो। दीपेश नै जुनियर ब्वाइजका उत्कृष्ट खेलाडी चुनिए। गल्र्सको उपाधि रिलायन्स पब्लिकले जित्यो। फाइनल खेलमा रिलायन्स पब्लिकले गोल्डेनपिक हाइ स्कुललाई १४–१० का कठिन जित निकाल्यो। रिलायन्सको जितमा ११ स्कोर गरेकी ओजस्वी निरौला उत्कृष्ट खेलाडी भइन्।

प्रतियोगितामा आयोजक गोल्डेनपिक स्कुलका खेलाडीले हाई स्कोररको तीनै विधाको उपाधि हात पारे। सिनियरमा गोपाल भण्डारी, जुनियर ब्वाइजतर्पm सुविन तामाङ र गल्र्समा दावा छिन्जुम शेर्पाले प्रतियोगिता अवधिभर उच्च स्कोर गरेका थिए। प्रतियोगितामा सिनियरतर्फ भ्यालिपब्लिक स्कुलका सक्रिय अधिकारी उत्कृष्ट थ्री प्वाइन्टर चुनिँदा जुनियर ब्वाइजमा एञ्जल हार्टका दिवस गर्बुजाले उपाधि हात पारे।

त्यस्तै गल्र्सतर्फ भने उदीयमान खेलाडीको उपाधि आयोजक गोल्डेनपिक स्कुलकी खेलाडी इमोनिका राईले हासिल गरिन्। जुनियर ब्वाइजमा लालिगुराँस स्कुलले शुक्रबार उपाधि जितेका छन्। सिनियर ब्वाइजको फाइनल भिडन्तमा ग्रिनल्याण्ड स्कुलले गोल्डेनपिक हाइ स्कुललाई झिनो अन्तरमा हराउँदै घरेलु टोली उपाधि चुम्नबाट चुक्यो। प्रतियोगिताको विजेता खेलाडीलाई नेपाल बास्केटबल संघका महासचिव नरेन्द्र थापा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष अर्जुनकुमार खत्री र विद्यालयका प्राचार्य छत्रमणि राई लगायतले पुरस्कृत गरेका थिए।

 

 

 

प्रकाशित: १८ श्रावण २०७६ ०२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App