शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन

शनिबार, १८ साउन २०७६, ०७ : ३५ नागरिक

बझाङ - रामपुर नगरपालिका–२ मा निर्माण भएको शहरी स्वास्थ्य केन्द्र भलायटारको भवन उद्घाटन भएको छ। नवनिर्मित भवनको नगर प्रमुख रमणबहादुर थापाले उद्घाटन गर्दै भौतिक संरचना तयार भएकाले अब स्वास्थ्यका लागि चाहिने आवश्यक सामग्री पनि नगरपालिकाले प्रबन्ध गर्ने बताए। नगरपालिकाको रु ३१ लाख २० हजारको लागतमा छ कोठासहितको सो भवन निर्माण भएको हो ।

दुई वर्षसम्म कृष्णादेवी माविको भवनबाट सञ्चालन हुँदै आएको स्वास्थ्य केन्द्र अब आफ्नै सुविधा सम्पन्न भवन निर्माण भएपछि सेवा प्रवाह बढाउने सोच बनाएको केन्द्रका अध्यक्ष एवं वडा नं २ का अध्यक्ष ताराबहादुर थापाले बताए। प्रमुख प्रशासकीय अधिकृत बाबुराम अर्यालले नगरपालिकाको लगानीमा निर्माण भएको पहिलो भवन रहेको बताउँदै सेवा प्रवाहमा कुनै कन्जुस्याइँ नगर्न अनुरोध गरे।

स्थानीय हुमबहादुर कुमालले तीन वर्ष अघि रु ३२ लाख पर्ने एक रोपनी जग्गा भवन निर्माणका लागि उपलब्ध गराएपछि भवन बनेको हो । यस केन्द्रमा हाल एक अहेव, एक अनमी र एक कार्यालय सहयोगी छन्। भवन अभावमा तोकेका सेवा दिन नागरिकलाई समस्या परेको बताउँदै अब पूर्वाधार पर्याप्त भएपछि सजिलोसँग सेवा दिन पाइने अहेव तिलकराम सोतीले बताए।

भवन अभावमा परिवार नियोजन, खोप सेवा तथा परामर्शजस्ता सेवा दिन झमेला परेको स्वास्थ्यकर्मी बताउँछन् । यस भवनबाट जनशक्ति थप भएमा प्रसूति सेवा सञ्चालन गर्न सकिनेछ ।





यसमा तपाईको मत

अन्य समाचार

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह कसरी गर्ने ?

मोटरसाइकलको हेरचाह गर्ने तरिका ! ...

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

Ncell Footer Ad