६ वैशाख २०८१ बिहीबार
समाज

फरार अभियुक्त डेढ महिनापछि पक्राउ

उदयपुर– एक बालिकालाई जवरजस्ती करणी गरेर फरार रहेका उदयपुरका पुरुष डेढ महिनापछि पक्राउ परेका छन्। त्रियुगा नगरपालिका–१५ खाँबुकी १२ वर्षीया बालिकामाथि जवरजस्ती गरी फरार रहेका सोही ठाउँका कृष्णबहादुर मगरलाई प्रहरीले शुक्रबार पक्राउ परेको हो।

गएको असार ५ गते घरमै बालिकामाथि जवरजस्ती गरी भाग्न सफल ५१ वर्षीय कृष्णलाई छिमेकी गाउँपालिका रौतामाई ७ नामन्तास्थित आफन्तको घरमा लुकिछिपी बसेको सुराकीको आधारमा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। जबरजस्ती जस्तो जघन्य अपराध गरेर भागेका मगर आफन्तको घरमा लुकेर बसेको भन्ने खबर पाएर टोली खटाउँदा पक्राउ परेको प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए।

उनलाई राति ११ः०० बजे आफन्तकोबाट पक्राउ गरी सदरमुकाम ल्याइएको हो। मगरविरुद्ध थप अनुसन्धान अघि बढिसकेको एसपी मगरले बताएका छन्। उनीमाथि जवरजस्ती करणी ऐन अन्तरगत कानुनी कारवाही गर्नेगरी प्रक्रिया अघि बढाइएको छ । 

प्रकाशित: १७ श्रावण २०७६ १४:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App