७ वैशाख २०८१ शुक्रबार
राजनीति

निधिले भने– 'संविधान संशोधन प्रस्ताव ४ दिनभित्रै तयार हुन्छ'

फाइल तस्बिर

धादिङ– उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले आउँदो ४ दिनभित्रै संविधान संशोधन प्रस्ताव तयार हुने र कात्तिक मसान्तभित्रै विधेयकका रुपमा संसदमा दर्ता हुने बताएका छन्।

धादिङको ढोला गाविसमा रहेको ढोला आधारभूत विद्यालयको भवन पूननिर्माणको उद्घाटन गर्न धादिङ आइपुगेका निधिले यस्तो बताएका हुन्।  

संविधान संशोधनका विषयमा प्रमुख राजनीतिक दलहरुबीच सहमति भएको भन्दै मन्त्री निधिले एमालेले आफूहरुसँग छलफल नभएको भन्नु आश्चर्यजनक भएको बताए।

‘प्रमुख प्रतिपक्षी दल एमालेसँग संविधान संशोधनका विषयमा प्रधानमन्त्री र नेपाली कांग्रेसले पटक पटक छलफल गरेका छन्,’ उनले भने, ‘यति गर्दा पनि एमालेले आफूहरुसँग कुनै छलफल नै भएको छैन भन्नु आश्चर्यजनक छ।’
संविधान कार्यान्वयमा एमाले बाधक बनेको आरोप लगाउँदै मन्त्री निधिले एमालेलाई संविधान कार्यान्वयनमा बाधक नबन्न चेतावनी दिए।  

‘दलहरुबीच भएको सहमतिअनुसार संविधान संशोधन गरी तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नु सरकारको प्राथमिकको विषयमा हो,’ उनले भने, ‘यस कार्यमा सबै दलको सहयोग चाहिन्छ।’

अंगीकृत नागरिकताको विषयमा अन्तरिम संविधानले गरेको व्यवस्थालाई नै नयाँ संविधानमा राख्नु पर्ने उनले बताए।

प्रकाशित: २३ कार्तिक २०७३ १२:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App