coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

प्रधानमन्त्री र सांसदको श्राद्ध गर्ने हिरासतमा

हेटौंडा– प्रधानमन्त्री केपी शर्मा ओलीसहित पूर्वप्रधानमन्त्रीहरु, नेपालका आठ सय ८४ जना सांसदको श्राद्ध गर्ने हेटौंडा २ का राकेशकुमार शर्मालाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ। राज्यको ढुकुटी दुरुपयोग गरेको भन्दै प्रधानमन्त्रीसहित सबै सांसदको श्राद्ध गरेपछि उनलाई ‘अभद्र ब्यवहार’ गरेको भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो।

हेटौंडा उपमहानगरपालिकाका मेयर पदमा उम्मेदवारी दिएका उनले हेटौंडाको मुख्य चोक बुद्ध चोकमा श्राद्ध गरेका थिए। सरकार र सांसदहरुले देशको स्वाधिनताको कुनै वास्ता नगरेको, राज्यको ढुकुटी दोहन गरेको भन्दै प्रधानमन्त्रीसहित सबै सांसदको श्राद्ध गरेको उनले बताए। यसअघि विभिन्न मागहरु राख्दै प्रधानमन्त्री, मन्त्री, नेता र सांसदहरुको श्राद्ध गरेका उनी पटक–पटक पक्राउ समेत पर्दै आएका छन्।

प्रकाशित: १७ श्रावण २०७६ १२:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App