७ वैशाख २०८१ शुक्रबार
अन्य

सरकारको विदेश नीति राष्ट्र हित विपरित: ओली

धनगढी–नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी ओलीले  सरकारको विदेश नीति राष्ट्रिय हित विपरित रहेको बताएका छन्। वर्तमान सरकार गठन छिमेकीसँगको सम्बन्ध असन्तुलित बनाउने उद्देश्यले भएको ओलीले आरोप लगाए। सुदुरपश्चिमको भ्रमणमा आएका ओलीले मंगलबार गेटा विमानस्थलामा पत्रकारसँग कुरा गर्दै सरकारको गतिविधिप्रति चीनको चासो सुनेको उल्लेख गर्दै वर्तमान सरकारको गतिविधि छिमेकी सम्बन्धमा चलि आएको राष्ट्रिय नीति विपरित र अनुचित खालको भएको बताएका हुन्। 

‘सरकारले जुन प्रकारका क्रियाकलाप  गरिरहेको छ, यी राष्ट्रिय नीति विपरित, असोभनीय, अनुचित, अस्विकार्य र निन्दनीय छन’,पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले भने।
नेपाल पहिला देखिनै एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै ओलीले चीन विरोधी गतिविधिमा एमाले सहमत हुन नसक्ने बताए।

सरकारको गठन बेलादेखि नै छिमेकीसँगको सम्बन्ध असन्तुलनतर्फ धकेल्ने काम भएको भन्दै ओलीले सोही प्रक्रिया अन्तर्गत मुलुकमा चीन विरोधी गतिविधि भइरहेको आरोप लगाए।

सरकारको गठन बेलादेखि नै छिमेकीसँगको सम्बन्ध असन्तुलनतर्फ धकेल्ने काम भएको भन्दै ओलीले सोही प्रक्रिया अन्तर्गत मुलुकमा चीन विरोधी गतिविधि भइरहेको आरोप लगाए।  सरकार गठन हुने वित्तिकै दुवै छिमेकीसँगको सम्बन्ध सामान्य रहेको अवस्थामा विशेष दूत पठाउने काम गरेर सरकारले केटाकेटीपन देखाएको टिप्पणी गरे।

‘विना योजना हतारिएर  प्रधानमन्त्रीको भ्रमण भो, भारतीय राष्ट्रपति भ्रमणका बेला बिदेशी कुटनीतिक नियोगमासमेत बिदा सरकरको निर्णयलाई के भन्ने?,’ उनले भने। उनले देउवाको गोवा सम्मेलनमा सहभागीको विषयमा बुझ्नुपर्ने भन्दै जे सुनिएको छ त्यो उपयुक्त नभएको बताए।

भारतका राष्ट्रपतिको नेपाल भ्रमण सकारात्मक भएपनि राष्ट्रपतिको भ्रमणमा सरकारले देखाएको तामझाम भने उचित नभएको ओलीको भनाइ थियो।  उनले नयाँ सरकार गठनपछि संविधान कार्यान्वयनमा कुनै काम नगरेको भन्दै ओलीले आपत्ति जनाए। ‘गाडी रोकिएको मात्र होइन, गेयर फसे जस्तै यो सरकार अड्किएको छ,’ उनले भने, ‘ ‘सरकारको ३ महिनाभन्दा बढीको समय खेर गएको छ।’

 

प्रकाशित: २३ कार्तिक २०७३ ११:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App