coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

स्वास्थ्य कार्यालय र अस्पतालमा प्रदेशमन्त्री दुलालको छड्के

जिल्ला अस्पताल र स्वास्थ्य कार्यलयको निरिक्षण गर्दै मन्त्री युवराज दुलाल। तस्बिरः सरिता/नागरिक

धादिङ–  प्रदेश नं ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले धादिङ जिल्लास्थित स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालको छड्के निरीक्षण गरेका छन्। दैनिक सेवा प्रवाहको अवस्थाको अवस्था बुझ्दै धादिङ आइपुगेका मन्त्री दुलालले शुक्रबार आकस्मिक निरीक्षण गरेका हुन्। निरीक्षणको क्रममा अस्पतालको सेवा प्रवाह, कर्मचारीहरुको उपस्थिति तथा सरसफाईको स्थितिका बारेमा अनुगमन गरेका हुन्।

जिल्ला अस्पताल र स्वास्थ्य कार्यालय प्रदेश सरकार मातहत संचालन हुन थालेपछि मन्त्रीले पहिलो पटक अस्पताल र स्वास्थ्य कार्यलयको छड्के अनुगमन गरेका हुन्। अस्पतालको कोठा कोठामा पुगेर अनुगमन गरेपश्चात मन्त्री दुलालले अस्पतालको सरसफाइमा विशेष ध्यान दिन निर्देशन दिएका छन्। ‘अस्पताल बिरामीको सेवा गर्ने थलो हो, सरसफाईमा ध्यान दिनु जरुरी छ’ उनले भने, ‘अस्पताल बाहिरको प्राङगण जति मात्रामा सफा हुनुपर्ने छ त्यो देखिएको छैन, कोठाहरुमा पनि अनावश्यक सामानहरु गोदाम गरेर राखिएको छ।’

अनुगमनका क्रममा कार्यलय अनुपस्थित कर्मचारीकोहरुको विषयमा चासो राख्दै कार्यलय प्रमुखहरुसंग सोधपुछ गरेका थिए। मन्त्रीले गरेको अनुगमनका क्रममा जिल्ला अस्पताल धादिङमा ५ जना र जिल्ला स्वास्थ्य कार्यलयमा २ जना कर्मचारी अनुपस्थित रहेको भेटिएको छ। प्रदेश मातहत रहेका ८ वटा जिल्ला अस्पतालहरुको सुदृढिकरण अभियान लिएर हिँडेकाले दैनिक सेवा प्रवाहको अवस्था र कर्मचारीहरुको उपस्थितिको विषयमा छड्के अनुगमन गरेको मन्त्री  दुलालले बताए।

१५ शैयाको दरबन्दी संरचना रहेको जिल्ला अस्पतालमा हाल ४५ शैयाको सेवा दिइरहेको र करारका स्वास्थ्यकर्मीहरुको सेवा नविकरणमा समस्या हुँदा दैनिक सेवा प्रवाहमा समस्या आइरहेको स्वास्थ्यकर्मीहरुले गुनासो गरेका छन्। जिल्ला अस्पतालमा ३ वर्षअघि देखि मेडिकल सुपरीटेण्डेन्ट नभएको र निमित्तको भरमा चलाउनुपर्दा प्रशासनको काम गर्न र विरामी चेकजाँचमा समस्या भइरहेको छ। अस्पताललाई छिट्टै ५० शैयाको दरवन्दी संरचनामा लगेर स्तरउन्नती गरिने र अहिले देखिएका प्रशासनिक समस्याहरु एक महिनाभित्र समाधान गराइसक्ने मन्त्री दुलालले प्रतिवद्धता गरेका छन्।

अनुगमनपछिको अन्तरक्रियाको क्रममा प्रदेश सरकारले पठाएको बजेट कसरी खर्च गर्ने योजनाबारे  अस्पताल विकास तथा संचालन समितिसँग कार्ययोजनासमेत मागेका थिए। करारमा रहेका कर्मचारीहरुको सेवाप्रदानको अवस्था मुल्याङक्न गरेर नवीकरण गर्न निर्देशन दिएका छन्। स्वास्थ्यकर्मीहरु समायोजनको काम सुरु भइसकेकाले समायोजन पश्चात नपुग स्वास्थ्यकर्मीहरुलाइ प्रदेश सरकारले व्यवस्थापन गर्ने मन्त्री दुलालले बताए।

प्रकाशित: १७ श्रावण २०७६ ११:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App