७ वैशाख २०८१ शुक्रबार
समाज

सडक खन्दै गरेको एक्साभेटर पुरियो, चालकको मृत्यु

गोरखा– पालुङटार हुँदै दूधपोखरी मार्गको सडक खन्दै गरेको एक्साभेटर पुरिँदा चालकको ज्यान गएको छ। सिरानचोक गाउँपालिका–१, केराबारीमा सडकको नयाँ ट्रयाक खन्दै गरेको एक्साभेटर माटोको ढिस्को खसेर पुरिएको वडाध्यक्ष सुकमान गुरुङले जानकारी दिए।

ढिस्कोमा पुरिएर चालक सिन्धुपाल्चोक मेलम्चीका रमेश तामाङको ज्यान गएको हो। सडक खनिरहेको ठाउँमाथिको डाँडो पहिरिएर ढुंगा र माटोले मेसिन ३० मिटर तल झरेको, चालक मेसिन दुवै पुरिएको अवस्थामा रहेको घटनास्थलमा रहेका अध्यक्ष गुरुङले बताए।

शव निकाल्न अहिले इलाका प्रहरी कार्यालय जौवारी र धारापानी चौकीबाट प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ। उक्त सडक गण्डकी प्रदेश सरकारको लगानीमा ठेक्का भएर राधा कन्ट्रक्सनले काम गरिरहेको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०६:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App