coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

हिलारीको ‘गधा’ की ट्रम्पको ‘हात्ती’, कसले मार्ला बाजी?

नीतीन श्रीवास्तव, बीबीसी हिन्दी

न्युयोर्क–भारतमा कांग्रेसको हात, भाजपाको कमलको फूल लालु यादवको लालटिन, मुलायम सिंह यादवको साइकल, मायावतीको हात्ती र अरविन्द्र केजरीवालको झाडू चुनाव चिन्ह हुन्। अहिले यस्तै प्रकारको चर्चा भइरहेको अमेरिकी राष्ट्रपति निर्वाचनमा पनि। अमेरिकामा हिलारी क्लिन्टको गधा र डोनाल्ड ट्रम्पको हात्तीकाबीच अहिले ‘युद्ध’ भइरहेको छ।

अमेरिकमा रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्ती हो भने डेमोक्र्याटिक पार्टीको चुनाव चिन्ह गधा हो। डेमोक्र्याटिक पार्टीको गधा बेग्लै कहानी छ। १८२८ को राष्ट्रपति निर्वाचनका क्रममा पोस्टरमार्फत चुनावी प्रचार प्रसार गरिएको थियो। डेमोक्र्याटिक उम्मेद्वार एन्ड्रयु ज्याक्शनले चुनाव प्रचारका क्रममा गधाको प्रयोग गरेका थिए, किनभने उनलाई विपक्षीले त्यही नामले बोलाउने गर्थे।

त्यसपछि डेमोक्र्याटिक उम्मेद्वार थोमस नस्टलेपनि गधाको कार्टुन आफ्नो चुनाव प्रचारमा प्रयोग गरे। १९ औं शताब्द्धीको अन्त्यसम्म गधा डेमोक्र्याटिक पार्टीको लोकप्रिया चुनाव चिन्ह बनिसकेको थियो।

त्यसो त भारतमा पनि धेरै राजनीतिक दलको चुनाव चिन्ह दलका नेताको पहिचानसँग जोडिएको छ। शक्तिको रुपमा कांग्रेसको चुनाव चिन्ह हात नेहरु–गान्धी परिवासँग जोडिएको छ भने जसरी लालु यादवले लालटिनको प्रयोग गरे त्यसले पुरै विहारमा लोकप्रियता कमाएको छ। उत्तर प्रदेशमा २०१२ को युपी चुनावमा मुलायमसिंहका छोरा अखिलेश यादवले चुनाव चिन्ह साइकलमा पुरै प्रदेशको यात्रा गरेका थिए।

फेरि अमेरिकाको चर्चा गर्दा रिपब्लिकन पार्टीको चुनाव चिन्ह हात्तीको कहानी कम कम रोचक छैन। पूर्व राष्ट्रपति अब्राहम लिंकनको चुनावी अभियानमा इलियानको एक स्थानीय पत्रिकाले हात्तीको प्रयोग रिपब्लिकन पार्टीको प्रचारका लागि गरेको थियो। २०१६ मा अमेरिकी राष्ट्रपतिको निर्वाचनमा लगभग सबै राज्यमा क्याप टिशर्ट, मोवाइल फोन र झण्डामा दुवै पार्टीको रंगसँगै चुनाव चिन्हपनि देखिएको छ। अब केही घण्टापछि थाहा हुनेछ यो वर्षको जित हात हात्तीले पार्छ की गधाले।

 

प्रकाशित: २३ कार्तिक २०७३ ०९:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App