८ वैशाख २०८१ शनिबार
राजनीति

सहमति नभएपछि संसद् बैठक स्थगित

काठमाडौं - केही दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक बिहीबार पनि अवरुद्ध हुने भएपछि सूचना टाँसेर गरेर स्थगित गरिएको छ। संसद् अवरुद्ध हटाउनका लागि सभामुखले बिहीबार सर्वदलीय बैठक बोलाएका थिए।  संसद् भवनमा बसेको सर्वदलीय बैठकमा सहमति नभएपछि सूचना जारी गरिएको हो।

दिउँसो २ बजे डाकिएको संसद् बैठक निर्धारित समयमा बस्न सकेको थिएन।  १ बजेपछि साढे २ बजेसम्म सभामुखल कृष्णबहादुर महराले सदन खुलाउनका लागि सर्वदलीय छलफल गरेका थिए।  सर्लाहीमा प्रहरीको गोली लागेर मृत्यु भएका विप्लव समूहका इन्चार्ज कुमार पौडेल र अमित यादवको कुवामा परेर मृत्यु भएको विषयमा आन्दोलनमा रहेका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा स्थानीय सरोजनारायण सिंहको मृत्यु भएपछि प्रतिपक्षीले संसदीय छानबिन समिति गठन गर्ने माग गरेका हुन्।  संसदीय छानबिन समिति गठन नभएसम्म सदन चल्न नदिएपछि सभामुखले एकपक्षी द्वीपक्षीय छलफल गर्दै आएका थिए।  तर सहमति नभएपछि सभामुखले सर्वदलीय छलफल गरेका हुन्।

छलफलमा सत्तापक्षबाट नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङ, नेकपाका प्रमुख सचेतक देव गुरूङ तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, प्रमुख सचेतक बालकृष्ण खाँड, कांग्रेस नेता मिनेन्द्र रिजाल सहभागी थिए।  यसैगरी, समाजवादी पार्टीका कार्यकारिणी समिति अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव, समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, राजपाका तर्फबाट अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर, प्रमुख सचेतक लक्ष्मणलाल कर्ण, राजकिशोर यादव, लगायतको उपस्थिति थियो।  संसदीय छानविन गठनको माग गर्दै नेपाली कांग्रेस र राजपाले असार २४ गतेदेखि संसद् अवरुद्ध गर्दै आएका थिए।  संसदबाट संसदीय समिति गठन गर्ने विषयमा सत्तारुढ दलले असहमती जनाउँदै आएको छ।  संसद्बाट भन्दा समितिबाट छानविन समिति गठन गर्नुपर्ने अडानमा सत्तापक्ष रहेको छ।

संसद् अवरुद्ध भएका कारण संसद्मा समितिबाट पारित र नयाँ विधेयक प्रस्तुत हुन पाएका छैनन् भने।  संसद्मा समितिका प्रतिवेदन पनि पेश हुन पाएका छैनन्।  सेफगार्ड एन्टी डम्पिङ तथा काउण्टरभेलिङ विधेयकसम्बन्धी समितिको प्रतिवेदन, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, प्रशासकिय अदालत विधेयक (पहिलो संशोधन), वातावरण संरक्षण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, प्रहरी समायोजन विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस गर्ने कार्यसूची थियो।

प्रकाशित: १७ श्रावण २०७६ ०२:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App