७ वैशाख २०८१ शुक्रबार
समाज

सुनकोसीमा विद्यार्थी बेपत्ता

सिन्धुपाल्चोक – खेलिरहेको बल गुडेर खोलामा पुगेको र लिन जाँदा सुनकोसीले बगाउँदा बिहीबार एकजना विद्यार्थी बेपत्ता भएका छन्।  बलेफी गाउँपालिका–७ खाडिचौरस्थित बालशिक्षा माविको कक्षा ७ मा अध्ययनरत १३ वर्षीय विजय नेपाल सुनकोसीमा बगेर बेपत्ता भएका हुन्।

  शिक्षक हरेराम नेपालका अनुसार बिहान ९ बजेतिर उनी बल खेलिरहेका थिए।  विद्यालय प्रांगणमा खेलिरहेको बल गुडेर नजिकैको सुनकोसीमा पुगेपछि उनी लिन नदीमा छिरेका थिए।  बर्खामा उर्लिरहेको सुनकोसीले बगाएर बेपत्ता भएका उनी फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिए।  उनका अनुसार बेपत्ता विद्यार्थीको खोजी कार्य भइरहेको छ।

प्रकाशित: १७ श्रावण २०७६ ०१:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App