coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मुहानमा क्षति पुग्दा धमिलो पानी पिउन बाध्य

खोटाङ – बाढीपहिरोले पाइप बगाउँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका विभिन्न ठाउँमा स्थानीय नदीको पानी पिउन बाध्य छन्।  भलबाढीले पाइप चुडाउँदा डिकुवाको बाइटार, डिकुवा, टारगाउँ, रातमाटे, चारबोटे, थुम्की, च्यानटार, बाल्चुङ तथा बाहुनीडाँडाको कुर्लेलगायतका स्थानीय सुनकोसीको धमिलो पानी पिउन बाध्य बनेका हुन्। 

गत असार २७ गतेदेखि साउन ५/६ गतेसम्म परेको वर्षाका कारण आएको भलबाढीले मुहान भत्काउँदा तथा पाइपमा क्षति पुयाएपछि डिकुवा र बाहुनीडाँडाको नदीकिनार आसपासका करिब २ सय ६५ घरपरिवार नदीको धमिलो पानी पिउन बाध्य बनेको डिकुवाका वडासदस्य घनश्याम राईले बताए। 

पानीका कारण सो क्षेत्रमा रोगको महामारी त्रास बढेको छ।  नदीको पानी पिउन थालेपछि झाडापखालालगायत सरुवा रोगको महामारी फैलिने त्रास बढेपछि नगरपालिकाले डिकुवा र बाहुनीडाँडाको तल्लो तटीय क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको छ। 

प्रकाशित: १७ श्रावण २०७६ ०१:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App