coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

अदालतका गल्ती ढाकछोप नगरी बाहिर ल्याइदिनुस्ः प्रधानन्यायाधीश राणा

काठमाडौं– प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले न्यायालयका विगतका गल्तीलाई सच्याउँदै अघि बढिरहेको बताएका छन्।

प्रधानन्यायाधीश जबराले न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा आफू क्रियाशील रहेको पनि स्पष्ट पारे। बिहीबार विभिन्न संचारमाध्यामका सम्पादकहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संचारमाध्यमलाई नागरिकको सहज, सरल र निष्पक्ष ढंगले न्याय पाउने सपना परिपूर्ति गराउने कार्यमा सहयोग गर्न पनि आग्रह गरे। ‘न्यायपालिकालाई निष्पक्ष, स्वतन्त्र र सक्षम बनाउने कार्यमा हामी सधैं क्रियाशील छौं, हिजो भएका गल्तीलाई दिनानुदिन सच्याउँदै हामी अघि बढिरहेका छौं’, संचारकर्मीमाँझ प्रधानन्यायाधीश जबराको अठोट थियो, ‘न्यायपालिका स्वतन्त्र, निष्पक्ष र समक्ष हुनुपर्छ भन्ने संविधानको मूल मर्म पूरा गर्न सकेको योगदान दिन आफू प्रतिवद्ध छु।’

प्रधानन्यायाधीश जबराले न्यायालय एक्लैले न्याय पाउने नागरिकको अधिकारलाई पूरा गर्न नसक्ने उल्लेख गर्दै त्यसमा सरकार, संसद र संचारकर्मीहरुको ठूलो सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे। उनले अदालतको गल्ती ढाकछोप नगर्न पनि संचारकर्मीहरुलाई आग्रह गरे।

प्रकाशित: १६ श्रावण २०७६ १५:०७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App