coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भेनेजुएलाको सरकार र विपक्षी बीच पुनः वार्ता

काराकस– भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोका प्रतिनिधि र विपक्षी नेता हुवाँ गुएइदोबीचमा बिहीबार फेरि वार्ता सुरु भएको छ। देशको राजनीतिक सङ्कट समाधानका लागि भन्दै उहाँहरुबीच बारबादोसमा वार्ता भएको अधिकारीहरुले जनाएका छन्।

बारबादोसमा गत तीन हप्ता अगाडि पनि दुई पक्षकाबीचमा वार्ता भएको थियो। उनीहरूलाई नर्वेले मध्यस्थता गरिदिएको थियो। 'हामीले अर्को चरणको बैठक सुरु गरेका छौँ, ओस्लो संयन्त्रका आधारमा वार्ता सुरु गरिएको हो,' गुएइदोका प्रतिनिधि तथा सांसद स्थालिन गोन्जालेजले ट्वीटरमा लेख्नु भएको छ।

भेनेजुएलाका उपराष्ट्रपति डेल्सी रोड्रिगुएजले पनि राष्ट्रपतिका प्रतिनिधि र विपक्षीबीचमा वार्ता सुरु भएको पुष्टि गर्नुभयो। टेलिभिजनबाट केही दिन अगाडि प्रसारित एक वक्तव्यमा राष्ट्रपति मदुरोले विपक्षीसँग वार्ताका लागि स्थायीरूपमा छुट्टै संयन्त्र बनाउने तयारी भइरहेको बताएका थिए। गत जनवरीमा आफैलाई कार्यबहाक राष्ट्रपति घोषणा गराएर गुएइदोले सरकार विरुद्ध आन्दोलन सुरु गरेपछि भेनेजुएलामा राजनीतिक सङ्कट सुरु भएको हो।

राष्ट्रपति मदुरोलाई अवैध दावी गर्दै उहाँले आफू कार्यवाहक राष्ट्रपति भएको घोषणा गरेपछि अमेरिकाको पक्षधर करिब ५० देशले उहाँलाई समर्थन गरेका थिए। गुएइदोलाई रूस, चीन, क्युवालगायतका देशहरुले भने असंवैधानिक भनेपछि भने गएइदोको आन्दोलनले अपेक्षाकृत गति पाउन सकेको थिएन। आन्दोलनबाट सत्ता कब्जा गर्ने प्रतिपक्षीको सपना पूरा नहुने देखिएपछि गुएइदोको समूह अहिले वार्ताको प्रक्रियामा आएको हो।एएफपी

प्रकाशित: १६ श्रावण २०७६ १३:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App