७ वैशाख २०८१ शुक्रबार
समाज

खोलामा डुबेर दुई बालकको मृत्यु

बारा– पौडी खेल्ने क्रममा दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रसौनी गाउँपालिका–४ खुटवास्थित दुधौरा खोलामा डुबेर इब्राहिम अन्सारीका छोरा १० वर्षका साहिल र महागढीमाई नगरपालिका हाल मामाघर प्रसौनीमा बस्दै आएका अजमुरला अन्सारीका छोरा १२ वर्षीय अरमान रहेको प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए।

बिहानै बाख्रा चराउन गएका दुई जना नुहाउने क्रममा करीब ११ बजे पानीमा डुबेर गम्भीर घाइते भएपछि उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रवक्ता राठौरले जानकारी दिए। मृतक ती दुई बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी क्षेत्रीय अस्पतालमा राखिएको बारा प्रहरीले जनाएको छ। पानीमा डुबर मृत्यु हुनेको सङ्ख्या बारामा पाँच पुगेको छ।रासस

प्रकाशित: १६ श्रावण २०७६ १३:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App