राजनीतिमा व्यक्तिगत स्थार्थ

मङ्गलबार, २३ कार्तिक २०७३, १० : ०४ डा सुभाष पोखरेल

राजनीतिप्रतिको नागरिक वितृष्णा अनौठो विषय होइन। मन्त्री बन्नका लागि दल परिवर्तन गर्ने, पार्टी फुटाउने प्रवृत्ति नौलो रहेन। देशका ठूला राजनीतिक दल नेपाली कांग्रेस तथा एमाले दुवै नै नेताको निहित स्वार्थका कारण विभाजन भएको देखियो। कांग्रेसको सहयोगमा प्रधान मन्त्री बनेका आफ्नै नेता माधवकुमार नेपाललाई प्रतिस्थापन गरी माओवादीको समर्थनमा एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल स्वयम्ले कार्यकारी हत्याउँदा दलीय व्यवस्थाको चिरहरण भयो नै । पदमा टिक्नका लागि नैतिकताका लक्ष्मणरेखा सजिलै तोड्न उद्यत कमल थापा तथा विजय गच्छदार प्रवृत्ति नेपालको राजनीतिमा स्थापित भए । गैरराजनीतिक मानिस थापा तथा गच्छदार प्रवृत्ति नेपालको राजनीतिमा आयातीत शब्द ठान्छन्। तर यस पंक्तिकारको विचारमा कमल थापा र विजय गच्छदार नेपाली समाजको झर्रा पात्र हुन् र उनीहरुले नेपाली राजनीतिको वास्तविकता बोक्छन् ।

सन् १९९६ ताका नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाल फुर्सदका बखत आफ्ना अनुभव साट्ने गर्थे सचिवालयका पदाधिकारीसँग । त्यसमध्यको एक हिस्सा सान्दर्भिक ठानेर यहाँ व्यक्त गरियो– विश्वेश्वरप्रसाद कोइराला हिरासतमा रहेका बखत बिपी र राजा महेन्द्रबीच कुनै मध्यमार्गी समाधान खोज्न सकिन्छ कि भनेर गिरिजाबाबु राजासँग बारम्बार सम्पर्कमा रहने गर्थे । सेतुका रूपमा रहेका गिरिजाबाबुमार्पmत राजा महेन्द्रले बिपीलाई भिन्नभिन्न लोभ, धम्की तथा त्रासका सन्देश पठाउने । राजाले पठाएका प्रस्तावहरुका सम्बन्धमा बिपीबाट कुनै पनि गुलियो वचन नआएपछि आजित भएर राजा महेन्द्रले तुलसी गिरी, विश्वबन्धु थापा, मात्रिकाप्रसाद कोइराला, रुद्रप्रसाद गिरीलगायतको नाम लिएर तिम्रा दाजुदेखि बाहेकका सबै नेताको मोल देखेँ । विगतका कट्टर विरोधी सबैलाई पद तथा पैसाको प्रलोभनमा समर्थक बनाएँ तर त्यसको अपवाद मैले बिपीमात्र देखेँ भन्ने राजाको अभिव्यक्ति अहिले पनि सान्दर्भिक देखिन्छ । प्रजातान्त्रिक आन्दोलनमा छोरा गुमाएका बखानसिंह गुरुङ जस्ता योद्धा त जीवनको उत्तरार्धमा पञ्चायतको समर्थक बन्नुले सबै मानिसलाई पैसा तथा पदको लोभमा किन्न सकिन्छ, कसैलाई आफूपट्टि ल्याउन सानो लगानी पर्याप्त हुन्छ भने कसैलाई खरिद्न अधिक लगानी आवश्यक रहन्छ भन्ने राजा महेन्द्रको तत्कालीन अभिव्यक्तिको सान्दर्भिकता अझ बढेको देखियो ।

राष्ट्रिय हित र समाजसेवा निरपेक्ष होइनन् बरु सापेक्षिक शब्दाबली हुन् । व्यक्तिगत आकांक्षा र राष्ट्रिय हितको मिलन हुन पुगे उक्त व्यक्ति राष्ट्रवादी बन्न पुग्छ । व्यक्तिगत लाभ र सामाजिक दायित्व विपरित कित्तामा पुगेका बखत व्यक्तिको आफ्नो निहित स्वार्थले सदैव विजय पाएको देखिन्छ । यदि त्यसो नहँुदो हो त धेरैले भरोसा गरेका एउटा उदायमान युवा नेताले राजधानीमा आतंक पैmलाउने एउटा गुण्डा प्रहरी कारबाहीमा मारिदा विरोध जुलुुुसको नेतृत्व गर्ने थिएनन् होला । व्यक्तिगत लोभको सामुन्ने सामाजिक हकहितका विषय सदैव निरीह बनेका छन् ।

यख अनुच्छेदकारको नजरमा नेपालका सीमित श्रद्धेय व्यक्तिको सूचीमा पर्छन् खनालद्वय– रामेश्वर खनाल र कृष्ण खनाल । यस पंक्तिकार हिमाल सिमेन्ट कम्पनीमा महाप्रबन्धक हँुदा अर्थ मन्त्रालयको प्रतिनिधिका रूपमा सञ्चालक सदस्य थिए रामेश्वर खनाल । बोर्ड मिटिङमा उनले व्यक्त गरेका प्रष्ट र निस्वार्थ धारणाले तत्कालीन महाप्रबन्धकको नजरमा बसेका थिए रामेश्वर । पछि अर्थ मन्त्री भरतमोहन अधिकारीले भ्याटको रकम अपचलन गरेका व्यापारीलाई अनुकूल हुने गरी काम गर्न खोजेको विरोधस्वरूप अर्थसचिव रामेश्वरले सरकारी सेवाबाट निवृत्त हुने अठोट गरे र रातोरात सेलेब्रेटी प्रशासक बन्न पुगे । एमाले मन्त्रीको विरोधी भएका कारण कांग्रेसमा आफ्नो अनुकूल हुने देखेर गत महानिर्वाचनछेक नेपाली कांग्रेसमा प्रवेशमात्र गरेनन्, बरु चुनावमा उम्मेदवार बन्ने इच्छासमेत सार्वजनिक गरे । तर नेपाली कांग्रेसले उनको कुरा सुनेन, रामेश्वर खनालको चुनाव लड्ने सपना साकार हुन सकेन । त्यसपछि उनले कांग्रेसमा आफ्नो उत्थान हुन नसक्ने ठहर गरे अनि बाबुराम भट्टराईको नवगठित पार्टी नयाँ शक्तिमा सामेल हुन पुगे । नेपाली कांग्रेस छाडेर हाल नयाँ शक्तिमा पुगेका खनालले नवीन दलमा समेत आफूअनुकूलको अवस्था नदेखे पछिल्ला दिनमा अर्को दलमा पुग्नुु ठूलो कुरा भएन । अब प्रश्न उठ्छ, प्रशासकको हैसियतले उच्च अनुभव हासिल गरिसकेका रामेश्वर खनालले जनताको हित गर्ने सबैभन्दा अब्बल दर्जाको दल भएको नाताले कांग्रेसको सदस्यता लिएका थिए अथवा पार्टीको चलायमान राजनीतिमा आफ्नो व्यक्तिगत उत्थान हुने ठहर गरेर ? मुलुकको भविष्य कांग्रेसको हातमा सुरक्षित देखेर पार्टी प्रवेश गरेका भए आफूले चुनावी टिकट नपाउनेबित्तिकै सरक्क अर्को पार्टीको दैलो चाहार्ने थिएनन् नै । सरकारी पेन्सनमार्पmत आर्थिक सुरक्षण पाएका रामेश्वर खनाल जस्ता व्यक्ति त आफ्नो व्यक्तिगत लालसामा दलबदलु गर्दै हिँड्छन् भने अनपढ नेताहरुलाई के भन्ने ?

प्राध्यापक कृष्ण खनाल नेपालको राजनीतिक क्षितिजमा स्थापित व्यक्ति हुन् । राजनीतिक विश्लेषण गर्ने भएकाले कृष्ण खनालले भनेको कुराले नेपालको राजनीतिमा बेग्लै तरंग ल्याउँछ । नेपाली कांग्रेसको सदस्यता लिएकै भए पनि उनको विचारले दलीय पर्खाल नाघेकै थियो, सबैको नजरमा उनी आदरणीय थिए। नेपाली कांग्रेसको केन्द्रीय तहको दायित्व निर्वाह गरेका कृष्ण खनाल गत संविधान सभाको निर्वाचनमा एक्कासि माओवादी नेता प्रचण्डको चुनावी आमसभामा वक्ताका रूपमा देखामात्र परेनन् बरु पुष्पकमल दाहाल जस्तो योग्य व्यक्तिलाई निर्वाचित गर्नुपर्ने दलील नै पेश गर्न थाले । व्यक्तिगत स्वतन्त्रतामा विश्वास गर्ने व्यक्ति कृष्ण खनालले प्रचण्डलाई समर्थन गर्नुलाई कुनै पनि हिसावले अन्यथा भन्न मिल्दैन । तर दोस्रो संविधान सभाको निर्वाचनमा माओवादी तृतीय स्थानमा पुगेपछि प्राध्यापक खनालले माओवादी तथा प्रचण्डसँगको सम्बन्धलाई निरन्तरता दिएको देखिएन । चुनावी परिणाम माओवादीको पक्षमा नजानेबित्तिकै डा. खनालले कम्युनिस्ट पार्टीसँग सम्बन्ध विच्छेद गर्र्नुले उनको चुनावको मुखमा प्रचण्डलाई समर्थन गर्ने निर्णय वैचारिक चिन्तनले निर्देशित थिएन, बरु क्षणिक लालसाले डोहो¥याएको भन्नैपर्ने हुन्छ । यसरी आदरणीय प्रशासक तथा प्राध्यापकहरु त क्षणिक शुभलाभका लागि राजनीतिक पार्टी र सामाजिक साझेदार सजिलै परिवर्तन गर्छन् भने चलायमान राजनीतिक खेलाडीलाई के दोष दिने ?

एसएलसीमा बोर्ड फस्ट भई इन्जिनियरिङ तथा योजनाविद्का रूपमा विशेषज्ञता हासिल गरेका डा. बाबुराम भट्टराईसँग राजनीतिक सुधारको अपेक्षा राख्ने जमात अहिले पनि छ । पढेलेखेका क्षमतावान व्यक्तिले राजनीति गरेर समय खेर फाल्नुहँुदैन बरु आफ्नो ज्ञान बेच्ने व्यवसाय गर्नुपर्छ भन्ने समाजमा बाबुराम जस्ता व्यक्तिप्रति भरोसा देखिनु अस्वाभाविक होइन ।

माओवादी लहरको समयमा आफ्नै बौद्धिक क्षमताका कारण हजाराँै जनता जनआन्दोलनमा होमिएका भन्थे डा. भट्टराई । आफ्नो विचारलाई प्रचण्डले आत्मसात गर्दै हिँडेकाले नै माओवादीको आयतन बढेको बताउँथे । झण्डै १७ हजार जनताले सहादत प्राप्त गरेपछि मात्र माओवादी जनआन्दोलले मूर्त रूप लियो । प्रथम संविधान सभा निर्वाचनमा माओवादी सबैभन्दा ठूलो राजनीतिक दलका रूपमा स्थापित भएपछि बाबुराम भट्टराई प्रधान मन्त्री बने । जनआन्दोलनका क्रममा जनतासामु गरेका वाचा पूरा गर्नुको बदला निहित स्वार्थ साँध्नमा नेताहरु लागेपछि माओवादीको जनाधार कमजोर भयो अनि पछिल्लो संसद्मा माओवादी तेस्रो शक्ति बन्न पुग्यो । पार्टीको साख खस्किनुको अपजस प्रचण्डलाई बोकाएर पार्टीको नेतृत्व आफ्नो हातमा लिने प्रयास सफल हुन नसक्ने भएपछि भट्टराईले माओवादी परित्याग गरे अनि नयाँ राजनीतिक दल गठन गर्न पुगे ।

माओवादी दर्शनबाट प्रभावित बाबुरामले एक्कासि माक्र्स र माओलाई बिर्सिए अनि गैरकम्युनिस्ट मोर्चा नयाँ शक्ति गठन गर्न पुगे । अब प्रश्न उठ्छ– दशकौँदेखि कम्युनिस्ट विचारबाट प्रभावित व्यक्ति एकै झट्कामा कसरी गैरकम्युनिस्ट विचारको नेतृत्वकर्ता बन्न सक्ला ? भगवान बुद्धको दर्शनबाट प्रभावित भएर अंगुलीमाल जस्तो राक्षससमेत सन्त बन्न सक्छ भने हजाराँै निर्दाेष मानिसको हत्याको योजनाकार दाबी गर्ने बाबुराम भट्टराईले कम्युनिस्ट विचार छाड्छन् भने त्यसलाई स्वागत गर्न नसकिने होइन । तर क्षणक्षणमा आफ्ना राजनीतिक आस्था परिवर्तन गर्ने अनि हजाराँै आमा÷बाबुको काख उजाड्ने व्यक्तिले स्थापना गरेको दलप्रति जनविश्वास रहने सम्भाव्यता भने देखिन्न । हजाराँै अबोध नागरिकको हत्या गरी आफूले स्थापना गरेको पार्टीले जनताको आकांंक्षालाई समेटन नसकेको यथार्थ प्रष्ट भएपछि प्रायश्चितस्वरूप राजनीतिक संन्यास लिनुपर्नेमा अर्को पार्टी स्थापना गरी फेरि पनि आपैmँले नेतृत्व लिन खोज्नु कमल थापा प्रवृत्तिको अर्को स्वरूप भन्दा अन्यथा नपर्ला ।

रामेश्वर खनाल, कृष्ण खनाल र बाबुराम भट्राईलाई नमुनाका रूपमा यस आलेखमा प्रस्तुत गरे पनि नेपालको राजनीति व्यापारको रूपमा स्थापित हुँदो छ । एउटा व्यवसाय असफल भएपछि अर्को व्यापारमा हात हाल्नु बिजनेसम्यानको धर्म हुन्छ तर राजनीति व्यापार होइन । त्यसैले आफ्नो दल तथा विचार समयसापेक्ष हुन नसके अर्को योग्य व्यक्तिका लागि राजनीतिक मार्ग प्रशस्त गर्दै आफ्नो क्षमताअनुरूपको बन्द व्यापार गरेर आफ्नो पारिवारिक गुजारा गर्नु मानवीय धर्म पनि हो । 

राजनीतिले बाटो बिराएको अवस्थामा सुमार्ग देखाउने काम गैरराजनीतिक अभियन्ताको हो । प्रारम्भिक काम हेर्दा विदेश प्रशिक्षित विवेकशील नेपाली समूहले राजनीतिक दलहरुले गरेका त्रुटिहरुका सम्बन्धमा जनचेतना जगाउँदै नागरिकलाई सुसूचित गर्ला भन्ने आशा गरिएको थियो । तर विवेकशीलका सदस्यहरुले आफूलाई केवल जनजागरणमा मात्र संकुचित गर्नु उचित नहुने ठहर गर्दै राजनीतिक संगठनको हैसियत दिने निर्णय गरे । दर्जनौँ पार्टी रहेको देशमा ऊर्जावान युवाहरुले खोलेको एउटा पार्टी थपिनु नराम्रो कुरै होइन । तर गणेशमान जस्तो प्रधान मन्त्रीको पद अर्कोलाई हस्तान्तरण गर्ने त्यागी, कृष्णप्रसाद भट्राई जस्तो निष्ठावान तथा बाबुराम भट्टराई जस्तो बौद्धिक व्यक्तिले स्थापना गरेका पार्टीहरु के कारणले असफल भए, उक्त विषयको पहिचान अहिलेको आवश्यकता हो । भिन्न भिन्न क्षमता भएका व्यक्तिले फरक फरक प्रयोग गर्दासमेत राजनीतिले सुमार्ग समाउन नसकेको अवस्थामा पोलिटिकल रोगको सामाजिक पहिचान देशलाई सुमार्गमा हिँडाउने सिँढीको प्रथम खुड्किलो रहको यथार्थ सबैले बुझ्न आवश्यक छ । राजनीतिलाई पेशाका रूपमा स्थापित गर्न खोज्ने प्रवृत्तिको भण्डाफोर गर्न सक्ने सामाजिक अभियान देशको खाँचो देखियो । त्यस्तो अभियानको नेतृण्त्व गर्ने व्यक्ति राजनीतिक स्वार्थभन्दा माथिको हुनुप¥यो । राजनीतिलाई आजन्म पेशाका रूपमा लिने प्रवृत्ति र रिटायर्ड लाइफ व्यतीत गर्ने थलोका रूपमा विकास गरिँदा मुलुकले सुमार्ग कहाँ समाउला र ?





यसमा तपाईको मत

अन्य समाचार

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

“एन्ड्रोइडको विकल्प होइन होङमेङ्ग” - हुवावे

एन्ड्रोइडको विकल्प मानिएको होङमेङ्ग स्मार्टफोनको लागि बनेको अपरेटिंग सिस्टम नै होइन ! ...

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

सर्टिफिकेट अफ ओरिजिन अब अनलाईनबाटै

नेपाल चेम्बर अफ कमर्शले जारी गर्ने उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन प्रणालीबाटै जारी हुने भएको छ ।

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

इन्डस्ट्रियल थर्मल प्रिन्टर बजारमा

नेपालका लागि साटो कर्पोरेसन जापानको अधिकृत बिक्रेता बार कोड नेपाल इंकले सिएल फोर एनएक्स सिरिजको इन्डस्ट्रियल थर्मल प्रिन्टर नेपाली बजारमा...

अजोडको सभा सम्पन्न

अजोडको सभा सम्पन्न

निर्जीवन बिमा कम्पनी अजोड इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता

सांग्रिला डेभलपमेन्ट बैंक र उपाय सर्भिसेजबीच व्यावसायिक परामर्श सेवासम्बन्धी सम्झौता भएको छ । ...

एनसिसी बैंकको सहयोग

एनसिसी बैंकको सहयोग

एनसीसी बैंकले भक्तपुरस्थित सानोठिमी प्राविधिक शिक्षालयलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । ...

काठमाडौं मेरिएट होटल सञ्चालन

काठमाडौं मेरिएट होटल सञ्चालन

मेरिएट होटलको फ्ल्यागसिप ब्रान्डको डेब्युसँगै राजधानीमा ‘काठमाडौं मेरिएट होटल’ सञ्चालनमा आएको छ । ...

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

टिभिएसले ल्यायो अन्तराष्ट्रीय रेस ट्रयाकमा मोटरसाईकल चलाउने योजना

नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाईकल ग्राहकहरुलाई लक्षित गरेर एक नयाँ योजना अपाचे रेस...

Ncell Footer Ad