५ वैशाख २०८१ बुधबार
राजनीति

जुन दिन काम गर्न सक्दिन, त्यही दिन पदबाट हट्नेछुः मन्त्री भट्टराई(भिडियोसहित)

काठमाडौं - नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले काम गर्न असफल भएको महशुस हुनासाथ पद त्याग गर्ने घोषणा गरेका छन्।

बुधबार मन्त्री पदमा नियुक्त भएका भट्टराईले भोलिपल्ट बिहीबार संचारकर्मीमाझ प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफूले काम गर्न नसक्ने महशुश हुनासाथ पदबाट राजीनामा दिने घोषणा गरेका हुन्।  बिहीबार बिहानै काठमाडौंको बल्खुस्थित तत्कालीन एमालेको केन्द्रीय कार्यालय परिसरमा रहेको मदन भण्डारीको शालिकमा माध्यार्पण गरेपछि उनले मैले प्रधानमन्त्रीसँग करार सम्झौता गर्न नपाएको उल्लेख गर्दै काम गर्न असफल भएको महशुस हुनासाथ जिम्मेवारीबाट पछि हटने स्पष्ट पारे।

  ‘मेरो सबैभन्दा ठूलो करार सम्झौता त्यहीँ हुनेछ, जुन दिन मैले काम गर्न सकिन् अथवा म असफल भएँ भन्ने महशुस प्रधानमन्त्रीलाई हुन्छ, ’ मन्त्री भट्टराईको भनाई थियो, ‘त्यो दिन प्रधानमन्त्रीले मलाई भन्नु हुनेछ र म मन्त्री पदबाट हटनेछु। ’ मन्त्री भट्टराईले सरकारले ल्याएको ‘सुःखी नेपालीः समृद्ध नेपाली’ को नारालाई पूरा गर्न लागिपर्ने र ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाएर नेपाललाई विश्वकै आकर्षक पर्यटक गन्तव्यको रुपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको पनि बताए।

मन्त्री भट्टराईले केही दिन भित्र उनले आफूले जिम्मेवारी पाएको मन्त्रालयको काम कार्वाहीका बारेमा, त्यसका विवादास्पद कतिपय विषयहरुका बारेमा केही दिन भित्रै आफ्नो धारणा सार्वजनिक गर्ने पनि बताए।  मन्त्री भट्टराईले पाँच महिनायता मन्त्रालयमा मन्त्रीको अभावमा हुन नसकेका कामलाई तीव्रताका साथ अघि बढाउने प्रतिवद्धता पनि व्यक्त गरे।

प्रकाशित: १६ श्रावण २०७६ ०७:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App