८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु

अफगानिस्तान- अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन्। उक्त घटनामा तीन जना घाइते भएकाे गृह मन्त्रालयको स्रोतले जनाएको छ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो। राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन्। 

स्थानीय समयानुसार बिहीबार विहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले सिन्ह्वा समाचार समितिलाई बताए।

उक्त विस्फोटमा मारिएका र घाइते व्यक्तिलाई प्रहरीको अस्पतालमा लगिएको र यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ। यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन्। तर पनि यस विस्फोटमा तालिबान लडाकू समूहकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ। 

करिब ५० लाख जनसङ्ख्या भएको यस राजधानी शहर गएको केही वर्षयता बारम्बार आतङ्ककारी आक्रमण हुदै आएको छ। गत आइतबार काबुलमा रहेको एक राजनितिक नेताको कार्यलयलाई लक्ष्यगरी गरिएको एक आतङ्ककारी आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० जना घाइते भएका थिए। 

अफगानिस्तानमा तालिबान सशस्त्र लडाकू समूहका कारण हिंसा जारी छ। यसमा परी हजारौँ नागरिकको ज्यान गएको छ। सिन्ह्वा

प्रकाशित: १६ श्रावण २०७६ ०७:०६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App