coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

१०७ वर्षीया वृद्धाले भनिन्, ‘अविवाहित भएकै कारण लामो जीवन बाँचियो’

न्युयोर्क - १०७ वर्षीया एक महिलाले आफू अविवाहित भएकै कारण लामाे जीवन बाँचेकाे दाबी गरेकी छन्। न्यूयोर्कको बर्नक्समा बस्ने लुइस सिग्नोरले बुधबार आफ्नो १०७औं जन्मदिनमा विवाह नभएकै कारण आफू लामो जीवन बाँचेको खुलासा गरिन्।  सिग्नोरले आफ्नो जन्मदिन बार्टो समुदायमा मनाइन। जहाँ १०० जना भन्दा बढी उपस्थिति थिए।

सीएनएनका अनुसार उनी सन्तुलित भोजन र नियमित व्यामलाई नियमितरुपमा मिलाउछन्। एक सताब्दीसम्म पनि किन उनले रमाइलो गरी जीवन बिताइरहेकी छन् भन्ने प्रश्नमा, उनले भनिन्,  अहिलेसम्म आरामदायी दिन्दगी बिताइरहेकी छु।  जब अरुले व्यम गरेको देखिन्छन्  अहिले पनि उनी व्याम गर्छिन। खाना पश्चात् उनी बिङो खेल्छिन्। त्यसरी नै आफ्नो दिनचर्या बिताउछिन्। जीवनलाई खुसी बनाउन, स्वस्थ राख्न उमेरले फरक पार्दैन।

म सोच्ने बिहे नगर्नुले नै स्वस्थ जीवन बिताइराखेको छु। लामो जीवन बिताइरहेकी छु। मेरो बहिनीले पनि भन्छिन्, म पनि कहिल्यै बिहे गर्दिन। मेरो बहिनी अहिले १०२ वर्षकी भइन्। एलिया मोर्फी (११४ वर्ष)सबैभन्दा लामो जीवन बाच्ने गर्ने महिला हुन्। अहिलेसम्म सबेभन्दा बढी बाच्ने रेकर्ड पनि उनकै नाममा छ। उनी युनाईटेड स्टेसको मोर्फी हार्लेममा बस्थिन्।  जहाँ सिग्नोर जन्मिएकी हुन्।

प्रकाशित: १६ श्रावण २०७६ ०६:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App