७ वैशाख २०८१ शुक्रबार
समाज

डोटी र डडेल्धुरामा पनि एनसेल टावर आगजनी

डोटी– बुधबार राति डोटी र डडेल्धुराका दुईवटा एनसेल टावरमा आगजनी भएको छ। आगजनीको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार बुधबार राति जोरायल गाउँपालिका–१, घण्टेश्वरको कटौंजथला भन्ने ठाउँमा रहेको एनसेल टावर जलाइएको छ। आगजनीबाट सिस्टम सञ्चालन गर्ने विभिन्न केवलहरु, बिटिएस -याक, ब्याट्री -याक, एसइडिपी च्यानललगायतका सामानहरु जलेका छन्।

घटना राति १० बजेपछिको हुन सक्ने प्रहरी उपरीक्षक विद्यानन्द माझीले बताए। घटनामा विप्लव समूहको संलग्नता रहेको उनको अनुमान छ। प्रहरी घटनास्थलमा बिहानै पुगेर अनुसन्धानमा जुटेको उनले बताए।

यसै गरी बुधबार रातिनै डडेल्धुराको आलिताल गाउँपालिका–२, काफलीडाँडामा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएअनुसार राति करिब ११ बजेतिर घटना भएको हो।

जिल्ला सदरमूकामबाट टाढा रहेको टावरमा चौकिदारको मात्रै सुरक्षा थियो। चौकीदारसमेत नरहेको अवस्थामा नजिकै रहेको नेपाल टेलिकम टावरका चौकिदारले खबर गरेपछि घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App