coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

७० सरकारी भवन पुनर्निर्माण सकियो

काठमाडौं – भूकम्पले पूर्ण रुपमा क्षति भएका ७० वटा सरकारी कार्यालय भवन निर्माण सम्पन्न भएको छ। निर्माण सम्पन्न भएकामध्ये सरकारको स्रोतबाट ३० वटा र एसियाली विकास बैंकको ऋण सहयोगमा ४० वटा भवन तयार भएका हुन्।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) का आयोजना निर्देशक नवराज प्याकुरेलका अनुसार सरकारको स्रोतबाट पुनर्निर्माण भइरहेका बाँकी २१ वटा चालु आर्थिक वर्षभित्र र एडिबीको ऋण सहयोगमा पुनर्निर्माण भइरहेका बाँकी २९ वटा भवन पुनर्निर्माण २०७६ पुस सम्ममा सम्पन्न गरिनेछ।

पुनर्निर्माण तथा प्रवलीकरण गर्न बाँकी रहेका संरचना बनाउनका लागि प्रक्रिया थालिएको छ। साझा प्रकाशन, गोरखापत्र संस्थान, रेडियो नेपालको भवनको सम्झौता सम्पन्न भएको छ भने सिंहदरबार पश्चिम गेटको दुवैतर्फका भवनको टेन्डर आह्वान गरिएको छ।

भारतीय ऋण ९एक्जिम बैंकमार्फत० सहयोगमा पुनर्निर्माण हुने ललितपुरस्थित एकीकृत प्रशासनिक भवनको सार्वजनिक खरिदको सूचना प्रकाशन भएको छ। सोही ऋण सहयोगमा बन्ने गोरखा, सिन्धुपाल्चोक, लमजुङ, रसुवा, ओखलढुंगा तथा सोलुखुम्बुका कारागारको प्रक्रिया बढाउनका लागि गृहकार्य जारी छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सरकारी भवनसहित भूकम्पबाट क्षति भइ बनाउन बाँकी संरचना समयमा पुनर्निर्माण गर्नका लागि योजना बनाएर अघि बढेको बताए।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन)का अनुसार ठूला सरकारी तथा सार्वजनिक भवनको प्रवलीकरणतर्फ पनि कार्य अघि बढेका छन्। सार्क सचिवालयको प्रवलीकरण सम्पन्न भइसकेको छ।

सिंहदरबारको पश्चिमबाहेक तीनवटै खण्डको प्रवलीकरण जारी छ भने पश्चिम भागको बोलपत्र प्रकाशित भएको छ। त्यस्तै बाल मन्दिर, केशरमहल तथा केन्द्रीय कानून पुस्तकालय भवनको प्रवलीकरणको पनि बोलपत्र प्रकाशित भएको छ।

राष्ट्रपति कार्यालय ९शीतल निवास०, यसअघि उपराष्ट्रपतिको कार्यालय रहेको बहादुर भवन एवं घण्टाघरसँग जोडिएको त्रिचन्द्र कलेजको भवन प्रवलीकरणको डिजाइन चरणमा पुगेको  छ। नेपाल राष्ट्र बैंककै लगानीमा बालुवाटार र थापाथली बन्ने भवन निर्माण कार्य जारी छ।  राजधानीमा आयोजित समीक्षा कार्यक्रममा दिइएको जानकारी अनुसार भूकम्पबाट आंशिक क्षति भएका मर्मतयोग्य दुई सय ५३ संरचनाको मर्मत सम्पन्न भइसकेको छ। सरकारी भवनतर्फ हालसम्म आठ अर्ब २८ करोड रुपैयाँ खर्च भइसकेको छ।

प्रकाशित: १६ श्रावण २०७६ ०३:३८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App