४ वैशाख २०८१ मंगलबार
अर्थ

रसुवामा ७४ प्रतिशत रोपाइँ

रसुवा – रसुवामा ७४ प्रतिशत रोपाइँ सकिएको छ। धान रोपाइँ हुने क्षेत्रमा पर्याप्त पानी परेपछि धान रोपाइँले गति लिएको हो। गत असार १६ गतेसम्ममा जिल्लामा १० प्रतिशत रोपाइँ भएको थियो। गत वर्ष समयमै मनसुन सक्रिय भएका कारण जिल्लाका कृषकले जेठ मसान्तबाटै रोपाइँ सुरु गरेका थिए। यो वर्ष भने असारको पहिलो सातादेखि रोपाइँ सुरु भएको थियो।

आकासे पानीको भर पर्नुपर्ने भएका कारण रोपाइँ प्रभावित हुने गरेको केन्द्रका बागवानी अधिकृत रुकमनि अधिकारीले बताइन्। जिल्लामा एक हजार दुई सय ७५ हेक्टर क्षेत्रमा धान रोपाइँ हुने भए पनि एक हजार ९३ हेक्टर क्षेत्रमा मात्रै धान रोपाइँ हुने गरेको छ।

जिल्लामा करिब तीन हजार पाँच सय मेट्रिक टन धान उत्पादन हुने गरेको छ। जिल्लाको तल्लो क्षेत्रमा पर्ने कालिका, उत्तरगया र नौकुण्ड गाउँपालिकामा धान उत्पादन हुने गरेको छ। माथिल्लो क्षेत्रमा उत्पादनशील जमिन कम भएकाले थोरै क्षेत्रमा मात्र स्थानीय जातको धान रोप्ने गरिएको केन्द्रले जनाएको छ।

जिल्लामा चैते, वर्षे र वर्षे हाइब्रिड धानको खेती गरिन्छ। जिल्लामा खुमल १०, खुमल ४, चाइचुन २४२, साबित्री मकवानपुर १, राधा ४, मकवानपुर १, हाइब्रिड र स्थानीय  पतला जातको धान उत्पादन हुने गरेको छ। कृषि उत्पादनका हिसाबले जिल्लामा प्रतिवर्ष एक हजारदेखि १५ सय मेट्रिक टनसम्म खाद्यान्न अपुग हुने गरेको छ। तर पहँुच, उपयोग र स्थिरताका हिसाबले रसुवा न्यूनतम खाद्य असुरक्षित जिल्लामा पर्दछ।

प्रकाशित: १६ श्रावण २०७६ ०३:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App