विद्यार्थीद्वारा सुक्ष्म ईसिजी मेसिनको विकास

बिहिबार, १६ साउन २०७६, ०८ : ४८ कृष्ण किसी

भक्तपुर - लाखौं रुपैयाँ पर्ने ईसिजी मेसिन दुईतीनहजार रूपैयाँमा पाइन्छ भन्दा सुन्नेलाई अचम्म लाग्ला।  तर नेपाल इन्जिनियरिङ कलेज भक्तपुरका विद्यार्थीले किफायती मूल्यमा बन्नसक्ने ईसिजी उपकरणको विकास गरेका हुन्। कलेजका ईलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन संकाय दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले अत्यन्तै कम लागतमा सो उपकरण बनाउन सफल भएका छन्।  सहप्राध्यापक सचिन श्रेष्ठको निरीक्षणमा चौथो सेमेस्टरको मिनि प्रोजेक्टअन्तर्गत चूडामणि भट्टराई, सिद्धार्थकुमार यादव र सुवास कोइरालाको टोलीले विकास गरेको उक्त उपकरणको आकार एउटा सानो सलाईको बट्टा जत्रो हुनेछ।

यो उपकरणमार्फत मुटुको इसिजी प्रत्यक्ष रुपमा कम्प्युटरमा देखाउन मिल्ने तथा प्रिन्टरमा प्रिन्ट गर्न सकिन्छ।  यसमा ब्लुटुथ तथा बाइफाईका माध्यमले अन्य विद्युतीय साधनसँग जोड्ने मिल्ने प्रविधि विद्यार्थीले बनाएका छन्।  यसले मुटुका बिरामीको यथास्थितिका बारेमा डाक्टरसमक्ष प्रत्यक्ष जानकारी पठाउन सकिने उनीहरुले बताए।

‘ब्याट्रीबाट चल्ने यो मेसिन एक साताभन्दा बढी चल्ने हुँदा यसलाई जसले पनि सजिलै गोजीमा बोकेर हिँड्न सक्छन्,’ निर्माणमा सहभागी विद्यार्थी चूडामणि भटराईले भने।  विशेष गरी उक्त उपकरणलाई गाउँगाउँका स्वास्थ्य संस्थामा बिरामी जाँच गर्न र मुटुका बिरामीले चौवीसै घण्टा आफ्नो मुटुको सजिलै निरीक्षण गर्न सक्ने उनले बताए।  सस्तो र भरपर्दो साधनको रुपमा विकास गर्न आफूहरु लागिपरेको उनीहरु बताउँछन्।

यसको सफल परीक्षणपछि ईएमजी, ईइजी जस्ता उपकरणमा पनि आफ्नो चासो रहेको जानकारी अर्का विद्यार्थी सिद्धार्थकुमार यादवले बताए।  उनले चिकित्सा उपकरणलाई कसरी सर्वसुलभ तथा सजिलै मर्मतसम्भार गर्न सकिने खालका बनाउने भन्नेमा आफूहरुको अध्ययन केन्द्रित रहने बताए।

टोलीका अर्का विद्यार्थी सुवास कोइरालाले आगामी दिनमा पनि सबैको साथ र सहयोग भए नेपालमै थुप्रै उपकरण बनाउन सकिने बताए।  बेलाबेलामा हुने ईन्जिनियरिङ प्रदर्शनीको खाँचो औंल्याउँदै उनले नेपाल ईन्जिनियरिङ कलेजले हालै आयोजना गरेको ‘नेक ईन्जेनियम २०१९’ आफूहरुका लागि एउटा सुवर्ण अवसर सावित भएको बताए।  गएको साउन ५ गते आइतबार नेपाल ईन्जिनिरिङ्ग कलेजले आयोजना गरेको प्रदर्शनीका मुख्य आकर्षणहरुमध्ये सो उपकरण पनि एउटा रहेको थियो।  करिब दुईसय बढी सहभागीले उक्त उपकरण प्रयोग गरी ईसिजी परीक्षण गरेका थिए।





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad