८ वैशाख २०८१ शनिबार
विचार

बजगाईंले ल्याए ‘दाइबुचु’

काठमाडौं  –  साहित्यकार कृष्ण बजगाईंले ‘दाइबुचु’ नामक नियात्रा संग्रह ल्याएका छन्। साहित्यकार बजगाईंले जापान भ्रमणको अनुभूतिहरूलाई समावेश गरेर तयार गरेको ‘दाइबुचु’ सार्वजनिक भएको हो।

बौद्धिक र अनुसन्धानमूलक नियात्रा लेखनमा सक्रिय बजगाईंले यस कृतिमा जापानका कला, साहित्य, संस्कृति, धर्म र इतिहासलगायतलाई नियात्राका विषय बनाएका थिए। ११ वटा साहित्यिक कृतिका सर्जक बजगाईंको, यो तेस्रो नियात्रा संग्रह हो। यसअघि उनको ‘युरेशियाको स्पर्श’ र ‘भाया साक्रा’ नियात्रा सङ्ग्रह प्रकाशित भइसकेका छन्।

बेल्जियम र बेलायतमा लामो समय बिताएका लेखक बजगाईं समकालिन साहित्य प्रतिष्ठानका संस्थापक अध्यक्ष समेत हुन्। पुस्तकलाई शिखा बुक्स काठमाडौंले प्रकाशन गरेको हो।

 

प्रकाशित: १६ श्रावण २०७६ ०२:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App