coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

धितोपत्र बजारः नेप्सेको उकालो यात्रा कायमै

काठमाडाैं– धितोपत्र बजारमा नेप्से परिसूचकको उकालो यात्रा आज पनि जारी रह्यो। मङ्गलबार ३.३९ अङ्कले उकालो लागेको शेयर कारोवार मापक नेप्से परिसूचक बुधबार ६.२० अङ्कले वृद्धि भई एक हजार २६५.५७ मा पुगेको छ। त्यस्तै सेन्सेटिभ परिसूचक १.१० अङ्कले बढेर २७३.२४ मा पुगेको छ। परिसूचक बढे पनि कारोवार रकम भने औशत नै रह्यो।

स्टकका अनुसार आज १६९ कम्पनीका १२ लाख ६१ हजार कित्ता शेयर ३५ करोड ७८ लाख ३६ हजार १८५ रुपैयाँमा खरीद बिक्री भए। कारोबार भएका १२ उपसमूहमध्ये विकास बैंकको शेयर ०.८४ अङ्कले ओरालो लाग्यो। स्टकका अनुसार बैंकिङ २.०३, व्यापार ३.२२, होटल ५.७३, जलविद्युत् ०.१७, वित्त २.२२, निर्जीवन बीमा ५३.९६, उत्पादन १३.३२, अन्य २.२८, लघुवित्त ५२.४५, जीवन बीमा ४६.५ र सामूहिक लगानी कोष ०.०८ अङ्कले वृद्धि भएको छ।

कारोवार रकमका आधारमा नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रह्यो। सो बैंकको शेयर दुई करोड ८४ लाख २० हजार ७२२ रुपैयाँमा खरीद बिक्री भए। कृषि विकास बैंकको शेयर एक करोड ८३ लाख ८५ हजार ७१९ रुपैयाँ, प्रभु बैंक एक करोड ५० लाख १२ हजार ५२ रुपैयाँ, युनाइटेड इन्स्योरेन्स कम्पनी एक करोड ३८ लाख ४२ हजार ३६५ रुपैयाँ र शिवम् सिमेन्टको शेयर एक करोड २७ लाख ९३ हजार ४६० रुपैयाँमा खरीद बिक्री भए।

बढेको बजारमा युनियन हाइड्रोपावरका लगानीकर्ताले ४.१० प्रतिशतले गुमाए। त्यसैगरी राधी विद्युत् कम्पनीका शेयरधनीले ३.९२, सिर्जना फाइनान्स ३.७७, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स २.०२ र श्री इन्भेष्टमेन्ट फाइनान्सका शेयरधनीले १.८८ प्रतिशतले गुमाए।

सिभिल लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १०/१० प्रतिशत, लक्ष्मी लघुवित्त वित्तीय संस्था ९.९९ तथा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र नेपाल सेवा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९५/९.९५ प्रतिशतले गुमाए।रासस

प्रकाशित: १५ श्रावण २०७६ १२:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App