७ वैशाख २०८१ शुक्रबार
समाज

सर्वसाधरणको बैंक मौज्दात खतरामा, एटिएम पिन फेर्न प्रहरी आग्रह

सिअाईबीले पक्राउ गरी सार्वजनिक गरेका एटिमबाट बैंकको पैसा चोर्ने रोमानायालीहरु घिता हुजुम, लोसिफ मोराउ र एलेक्स क्रिस्टियन बुघिरुलान।

काठमाडौं– प्रहरीले करिब डेढ महिनादेखि काठमाडौंका एटिएम बुथको गोप्य निगरानी भइरहेकाले सर्वसाधारणको बैंक मौज्दात खतरामा रहेको संकेत गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले शुक्रबार पक्राउ गरेका तीन रोमानियनले काठमाडौंमा बसेर एटिएम बुथबाट प्रयोगकर्ताका गोप्य सूचना लिएको र इमेलमार्फत बाहिर पठाएको हुनसक्ने आशंका गरेको हो।

नेपालमा हाल ३५ लाखको हाराहारीमा विभिन्न बैंकका एटिएम प्रयोगकर्ता रहेका छन्।

सर्वसाधारणले जतिसक्दो चाँडो आफ्नो पिन नम्बर बदल्न र बित्तिय संस्था तथा निकायले सोही अनुसार होसियारी अपनाउन आग्रह गरे। ‘रकम खतरामा रहेको संकेत हो, जतिसक्दो चाँडो नम्बर परिवर्तन गर्न अनुरोध गर्दछौ,’ सिलवालले भने।

ब्युरोका प्रमुख डिआईजी नवराज सिलवालले पक्राउ परेका ब्यक्ति प्राविधिक रुपमा दक्ष रहेको र सोही अनुसारका उपकरणमार्फत बुथबाट सूचना प्राप्त गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको बताए। उनका अनुसार काठमाडौं बसाइमा बढी मात्रामा प्रयोगमा रहेका बुथमा गोप्य क्यामरा  र कार्डमा रहेका सुचना प्राप्त गर्ने उपकरण गिरोहले प्रयोग गरेको थियो।

‘गिरोहले प्राप्त गरेका सूचना आफूसँगै रहेका कार्डमा प्रयोग गरेर रकम झिक्ने बाहेक पाएका सूचना विदेशमा रहेका सदस्यलाई पठाएको हुनसक्ने देखिन्छ,’ सिलवालले भने । उनले सर्वसाधारणले जतिसक्दो चाँडो आफ्नो पिन नम्बर बदल्न र बित्तिय संस्था तथा निकायले सोही अनुसार होसियारी अपनाउन आग्रह गरे। ‘रकम खतरामा रहेको संकेत हो, जतिसक्दो चाँडो नम्बर परिवर्तन गर्न अनुरोध गर्दछौ,’ सिलवालले भने।

ब्युरोका अनुसार पक्राउ परेका घिता हुजुम, लोसिफ मोराउ र एलेक्स क्रिस्टियन बुघिरुलान  डेढ महिनादेखि ठमेलमा बसेर एटिएमबाट पैसा निकाल्न सक्रिय थिए। अनुसन्धान अधिकारीका अनुसार सुरक्षा गार्ड नरहने बुथमा आफूले तयार गरेका क्यामरा र उपकरण एका बिहानै जडान गर्ने र साँझमा निकालेर प्राप्त सूचना अनुसार नक्कली कार्ड बनाउन गिरोह सक्रिय थियो।

पक्राउ रोमानियाली नागरिकबाट बरामद नोट तथा नक्कली एटिएम सहितका प्राविधिक सामग्री।

ब्युरोका एसपी दिवेश लोहनीका अनुसार घिता बारम्बार पैसा निकाल्न बुथमा पुगेको र अन्य दुई कोठामै बसेर प्राविधिक कार्यमा जुटेको अनुसन्धानमा खुलेको छ। उनका अनुसार दिनभरमा सयौँ ब्यक्तिले एटिएम प्रयोग गर्दाका पिन नम्बर र उपकरणमार्फत कार्ड नम्बर तथा गोप्य सुचना प्राप्त गरेका थिए। ‘केही सय कार्ड बरामद भएको छ तर गिरोहले यसभन्दा धेरै सुचना प्राप्त गरेको हाम्रो अनुमान छ, हालसम्म नेपालीको पैसा निकालेको जानकारी आएको छैन,’ लोहनीले भने।
प्रहरीले गिरोहका साथबाट तीन सय ५३ थान एटिएम कार्ड, १० हजार नौसय युरो, तीनलाख नेपाली रुपैयाँ बरामद गरेको छ। यस्तै बुथबाट सूचना चोर्नेदेखि नयाँ नक्कली कार्ड बनाउनेसम्मका अत्याधुनिक उपकरण प्रहरीले बरामद गरेको हो।

प्रकाशित: २२ कार्तिक २०७३ १४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App