मेक्सिकोमा पत्रकारको हत्या

बुधबार, १५ साउन २०७६, १५ : १६ नागरिक

मेक्सिको सिटी– मेक्सिकोको मोरालेस राज्यमा एउटा बेवारिसे कारमा एक पत्रकार मृत अवस्थामा फेला परेका छन्। सञ्चार माध्यमको पक्षमा वकालत गर्ने संघसंस्थाहरुले ती पत्रकारको हत्या भएको देखिएकाले तत्काल अनुसन्धान गर्न सरकारसँग माग गरेका छन्।

गुरेरो इन्स्टान्टे पोर्टलका निर्देशक रोजेलियो बारागानको हत्या भएको अवस्थामा कारभित्र फेला परेको प्रहरीले जनाएको छ। उनको अनुहार सहित शरीरका विभिन्न भागमा गम्भीर चोटपटक लागेको थियो। 

रिपोर्टर्स विदाउट बोर्डर्सले सञ्चार माध्यमका लागि मेक्सिको, सिरिया र अफगानिस्तानलाई विश्वमै सबैभन्दा खतरनाक मानेको छ। हत्या गरिएका पत्रकार रोजेलियो उक्त पोर्टलमा दश वर्षदेखि कार्यरत थिए।

मेक्सिकोमा यसै वर्ष रोजेलियो समेत सात जना पत्रकारको हत्या भइसकेको छ। सन् २००० यता मात्र मेक्सिकोमा १०० भन्दा बढी पत्रकारको हत्या भएको आरएसएफले जनाएको छ। यी अधिकांश हत्या लागूऔषध तस्करी र राजनीतिक भ्रष्टाचारसँग जोडिएका छन्।

मेक्सिकोमा अधिकांश हत्याको स्वतन्त्र र बलियो अनुसन्धान नहुने तथा दोषीमाथि कुनै कारबाही हुने गरेको छैन्। 

गत महिना पत्रकार नोर्मा साराबियाको दक्षिणपूर्वी राज्य टाबास्कोमा गोली हानी हत्या गरिएको थियो। मे महिनामै मेक्सिकोको क्यारेबियन तटीय शहरमा संवाददाता फ्रान्सिस्को रोमेरोको हत्या भएको थियो। एएफपी








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad