१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चार दिनदेखि बन्द कर्णाली राजमार्ग खुल्यो

फाइल फाेटाे

जुम्ला– अविरल वर्षासँगै आएको पहिरोका कारण बन्द कर्णाली राजमार्ग चार दिन पछि खुलेको छ। कर्णाली राजमार्गको कालिकोट खण्डस्थित कालेखोलामा ४० मिटर सडकमा पहिरो गएको थियो। जसमध्ये १० मिटर सडकको कुनै निसाना थिए।

कालिकोटका प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की दुई घण्टा अघिदेखि कर्णाली राजमार्गमा साना सवारी साधनको आवतजावत शुरु भईसकेको बताउँछन्। उनले भने, ‘चार दिनदेखि थुनिएका साना सवारी साधन चले, ठुला सवारी चलाउनको लागि सडक खन्ने कार्य जारी नै छ। सम्भवत साँझसम्म ठुला सवारी पनि आवतजावतमा सहजता आउला।’

सडक डिभिजन कार्यालय जुम्लाबाट गएको ईन्जिनियरको टोली अहोरात्र सडक खुलाउन लागि परेको छ। सडकको निशाना नभएको खण्डमा नयाँ ट्र्याक खोल्ने काम भयो, प्रमुख जिल्ला अधिकारी कार्कीले भने ‘अनेत्र खण्डमा पहिरो पन्छाउने काम भयो। अहिले सहज रुपमा सवारी चलिरहेका छन्। सडक खुल्ने जानकारी पाएपछि जुम्ला कालिकोटबाट छुट्ने सवारी पनि छुटिसकेका छन्।

कालेखोलामा पहिरो जाँदा सयाँै साना तथा ठुला सवारीसाधन थन्किएका थिए। हजारौंको संख्यामा यात्रु अलपत्र परिरहेका थिए। कर्णाली राजमार्गमा वर्षेनी वर्षायाममा पहिरोको त्रास हुने गरेपछि सरकारले कुनै दिर्घकालिन उपाय अवलम्वन गर्न नसकेको प्रति कर्णालीबासी रुष्ट छन्। कालेखोलामा पहिरोले सडक बन्द भएपछि यहाँ दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धि हुन थालिसकेको थियो। व्यापारीले पहिल्यै थन्काएर राखेको खाद्य वस्तु महंगामो बिक्रि गरिरहेका थिए। अब सडक खुल्ने बित्तिकै उपभोग्य वस्तुको मुल्य रोकिने भएको छ।

यो भन्दा अघि कर्णाली राजमार्गको गगने खोला, सुनारखोला, खल्लागाड र राँचुलीमा पहिरो जाँदा निकै सास्ती हुने गरेको थियो। तर यो पटक जोखिम आँकलन नगरिएको स्थानमा पहिरो गएर बाटो बन्द भएपछि स्थानीय प्रहरी, प्रशासन आश्चर्यमा परेको छ।

कालिकोट प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार पहिरोको सम्भावित क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सानातिना पहिरो पन्छाउने कार्य दैनिक दिन भईरहेको उनले बताए। असार, साउन, भदौ र असोज महिनामा कर्णाली राजमार्गको यात्रा निकै कष्टकर हुने उनी बताउँछन्। चार दिनसम्म कर्णाली राजमार्गमा सवारी नचल्दा अधिकांश यात्रु जुम्ला विमानस्थलमा लाइनमा बसेका थिए। प्रतिकुल मौसमका कारण जहाज चल्न कठिनाई हुने भएकोले समस्या जुम्लाबासीको यात्रा रोकिएको थियो। कर्णालीबासीले कर्णाली राजमार्गको पहिरो जाने सम्भावित क्षेत्रमा डोजर र स्काभेटर तयारी अवस्थामा राख्न माग गरेका छन्। उनीहरुले तत्काल कर्णाली राजमार्गको स्तर उन्नतीमा जोड दिन आग्रह गरेका हुन्। जुम्ला देखि सुर्खेतसम्मको २ सय ३६ किलोमिटर दुरीमा कालिकोट खण्डको सडकमा यात्रुलाई सास्ती हुने गरेको छ।

सडकमा पहिरो गएपछि कालिकोट प्रमुख जिल्ला अधिकारी कार्कीको नेतृत्वमा एक टोली पहिरो गएको स्थानमा पुगेर अवलोकन गरेको थियो। टोलीले सडक डिभिजन कार्यालयलाई छिटोभन्दा छिटो सडक खुलाउन आग्रह गरेको थियो। सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख सर्वणकुमार महतारा स्काभेटरसहित अहोरात्र खटेका थिए।

प्रकाशित: १५ श्रावण २०७६ ०७:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App