७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस र राजपाद्वारा आज पनि संसद अवरुद्ध

काठमाडौं - प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राजपाले प्रतिनिधि सभा बैठक आज पनि अवरुद्ध गरेका छन्। बुधबारको बैडकमा कांग्रेस र राजपा सांसदले रोस्टम अगाडि उभिएर नारावाजी गरेका छन्।

उनीहरुले 'निर्मला पन्तका हत्यारालाइ कारबाही गर, सर्लाहीमा प्रहरीसँगको भुडभेडमा मारिएका भनिएका कुमार पौडेल हत्याको छानबिन गर' भन्दै नारा लगाएका छन्। सभामुख कृष्णबहादुर महराले विरोधबारे सरकार र आफूलाई जानकारी भइसकेको भन्दै बस्न अनुरोध गरेका थिए । यस अघि साेमबारकाे संसद बैठक पनि उनीहरूकाे अवराेधका कारण स्थगित भएकाे थियाे।

प्रकाशित: १५ श्रावण २०७६ ०५:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App