coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

'तत्काल संविधान संशोधन सम्भव छैन'

एमाले नेता नेपाल अमेरिकी राजदूत टेप्लिजसँग भेट गर्दै।

काठमाडौं– सरकार र आन्दोलनरत मधेशी मोर्चाबीच संविधान संशोधनको गृहकार्य भैरहेको समयमा नेकपा एमालेका नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले संशोधनमा तत्काल सहमति हुन नसक्ने बताएका छन्।

‘मधेसी दलहरुको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन सक्दैन।'

आफूलाई भेट्न आएकी अमेरिकी राजदूत एलियाना बी टेप्लिजलाई नेता नेपालले मधेशी मोर्चाको माग सम्बोधन गर्नका लागि दुई धारा सशोधनको भैसकेको बताएका छन्।

‘मधेसी दलहरुको माग अनुसार यसअघि संविधानका दुई धारामा संशोधन भइसकेको उल्लेख गर्दै यति छोटो अवधिमा विनाकारण छिटो–छिटो संविधान संशोधन गर्ने अभ्यास कतै नरहेको र संविधान संशोधनका लागि उठाइएका मुद्दाहरु उचित नरहेको कारण त्यसमा सहमति हुन नसक्ने स्पष्ट पार्नुभयो’ एमालेका प्रचार विभागका सचिव विष्णु रिजालको विज्ञप्तिमा उल्लेख छ।

भेटमा राजदूत टिप्लिजले संविधान संशोधनको बारेमा जिज्ञासा राखेकी थिइन्।

संविधान जारी भएको चार महिनामै मधेशी मोर्चाका मागलाई सम्बोधन गर्न भन्दै हाल कायम रहेको जिल्लामा कम्तिमा एक निर्वाचन क्षेत्र नघट्ने गरी बाँकी निर्वाचन क्षेत्र जनसंख्याको आधारमा निर्धारण गर्ने र राज्यका सबै अंगमा समानुपातिक समावेशी गरी संविधानको संशोधन भएको थियो।

मधेशी मोर्चाको मागलाई सम्बोधन गर्न सरकारले प्रदेशको सीमांकन, भाषा, नागरिकता, राष्ट्रियसभाको गठन सम्बन्धी व्यवस्थामा परिमार्जन गर्न खोजेको छ।

सो भेटमा अमेरिकी राजदूत टेप्लिजले नयाँ संविधान बनेपछि राजनीतिक स्थिरता हासिल गर्नेतर्फ भएको उपलब्धिको प्रसंसा गरेकी थिइन्। ‘यस दिशामा सबै राजनीतिक दलहरु एक ठाउँमा आउने विश्वास राजदूत टेप्लिजले व्यक्त गर्नुभयो’, रिजालले भने।

प्रकाशित: २२ कार्तिक २०७३ १२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App